संसदमा चुनावै चुनाव: यस्तो छ कार्यतालिका

२४ फागुन ७४, शुक्रबार

काठमाडौं – चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ ।

यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । शनिबार सभामुखका लागि मतदान हुनेछ ।

Advertisement

प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ । उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले जनाएको छ ।

Advertisement

चुनावी कार्यतालिका
-फागुन २५ सभामुख उम्मेदवारी
-फागुन २६ सभामुख निर्वाचन
-फागुन २७ प्रधानमन्त्रीले विश्वासको मत लिने
-फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी
-फागुन २९ राष्ट्रपतिको निर्वाचन
-फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन
-फागुन चैत १ उपसभामुख उम्मेदवारी
-फागुन २ उपसभामुख निर्वाचन
-फागुन ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी
-फागुन ४ उपाध्यक्षको निर्वाचन

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top