एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बालश्रम शेषणाको मुद्दा 

२ पौष, एजेन्सी । अमेरिकाका पाँच प्रमुख प्रविधि कम्पनीविरुद्ध बालश्रम शेषणा गरेको मुद्दा परेको छ। एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
वासिङटनको अदालतमा सोमबार मुद्दा दायर भएको हो। टेक कम्पनीविरूद्ध यस प्रकारको मुद्दा परेको यो पहिलो पटक हो।
मानव अधिकार संस्थाले यी कम्पनीले अफ्रिकन देश कंगोको कोबाल्ट खानीमा बालबालिकालाई प्रयोग गरेको बताएको छ। त्यहाँ उनीहरूलाई एक डलरभन्दा कम पारिश्रमिकमा काम गराएको संस्थाको दाबी छ। मृत्युसमेत हुन सक्ने जोखिमपूर्ण काममा बालश्रम प्रयोग गरेको जिकिर उसले गरेको छ।
इन्टरनेसनल राइट्स एडभोकेट्सले १४ पीडितका तर्फबाट मुद्दा दायर गरेको हो। तीमध्ये ६ जना खानीमा काम गर्दागर्दै दुर्घटनामा परेर मृत्यु भएका बालबालिकाको परिवार छन्। बाँकी ८ परिवारका बच्चा दुर्घटनामा गम्भीर घाइते भएका थिए। पीडितमध्ये एकजना यस्ता पनि छन् जो १५ वर्षको उमेरमै खानीको सुरूङमा खसेर प्यारालाइसिसले थलिएका थिए।
कंगोमा अहिले ३३ प्रतिशत कोबाल्ट कम्पनी कुनै नियमबिना चलिरहेका छन्। विश्वभरि प्रयोग हुने कोबाल्टको दुई तिहाइ कंगोबाट सप्लाई हुन्छ। एक अध्ययनअनुसार उक्त कोबाल्ट खानीमा १० वर्षका बालबालिकाले समेत काम गरिरहेका छन्।
कंगोमा भ्रष्टाचार र गरिबी छ। त्यहाँ शिक्षाको अवस्था पनि निकै नाजुक छ। बालबालिका स्कुल नगएर खानीमा काम गर्न जाने गरेका छन्।
कोबाल्ट मोबाइललगायतका इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग गरिने धातु हो। सोही कोबाल्ट प्रयोग गरेर अमेरिकन कम्पनी हरेक वर्ष अर्बौं डलर कमाइरहेकाले उनीहरूविरूद्ध मुद्दा हालेको  उक्त संस्थाको दाबी छ।
केही समय अघिमात्रै पनि विभिन्न टेक कम्पनीहरुले मेसिनले उत्खनन् गरेको कोबाल्ट मात्रै प्रयोग गर्ने गरेको जनाएका थिए। एप्पलले पनि कोबाल्ट सप्लायर्समा निगरानी गरिहेको बताएको थियो। मुद्दा परेपछि डेल कम्पनीले बालश्रमबारे अनुसन्धान गर्ने जनाएको छ।
इन्टरनेसनल राइट्स एडभोकेट्सका वकिल टेरेन्स कालिन्गस्वोर्थले पीडित परिवार र बालबालिकासँग आफूले भेटेको भन्दै उनीहरूका पक्षमा फैसला  आउने  अपेक्षा गरे।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top