दार्जिलिङबाट नेपाल घुम्न आएको भारतीय जीप उदयपुरमा दुर्घटना, तीन जनाको मृत्यु

३ पौष, उदयपुर । दार्जिलिङबाट नेपाल घुम्न आएको भारतीय बोलेरो जीप उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान एस के ०१ पी बी ३०६० नम्बरको भारतीय जीप दुर्घटनामा ५ जना घाइते समेत भएका छन् ।

उक्त जीपमा ८ जना सवार रहेको र थप दुई जनाको मृत्यु भइसकेको आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान गणेश श्रेष्ठले जानकारी दिए ।

थप विवरण आउन बाँकी छ । दुर्घटना के कारणले भयो यकिन भइनसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Scroll to Top