नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने

४ पौष, काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए।

बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

Advertisement

सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्। आजको बैठकमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरिने तुम्बाहाङफेले जानकारी दिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top