माछापालनबाट मनग्य आम्दानी

२६ फागुन ७४, आइतबार

बागलुङ, फागुन २७
बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन् ।

माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गरे । विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन् ।

“पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसले भने ।

Advertisement

पोखरीमा अहिले ग्रास कार्प र कमन कार्प गरी चार हजार भुरा रहेको उनको भनाइ छ । श्रीसले प्रतिकिलो रु ५०० मा माछा बिक्री गर्दै आएका छन् ।

“माछाको माग अत्यधिक छ, बजारको कुनै समस्या छैन”, उनले भन्नुभयो, “माछापालनलाई अझै विस्तार गर्ने सोचमा छु ।” उनले थप ११ रोपनी जग्गामा माछापालनको योजना बनाएका छन् ।

Advertisement

शुरुमा रु ६५ हजारको लागतमा माछापालन शुरु गर्नुभएका श्रीसले जिल्ला कृषि विकास कार्यालयबाट रु २० हजार अनुदान पाएका छन् ।

आफ्नै ठाउँमा बसेर कृषि उद्यम गर्न पाउँदा सन्तुष्टि मिलेको उनी बताउँछन् । केही वर्षअघि पोखरामा भएको कृषि तालीमपछि माछापालनतर्फ आकर्षित भएको श्रीसले सुनाए ।

माछापालनसँगै उनले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । उद्यमीको परिचय बनाउनुभएका श्रीसलाई उनकी श्रीमती टीकाकुमारीले सघाउँदै आएका छन् ।

“हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भनिन्, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।”

श्रीस दम्पतीको मेहनत देखेर गाउँका अन्यले पनि प्रशंसा गर्ने गरेका छन् । कास्की बेगनासबाट प्रतिभुरा रु ५० पैसामा ल्याउने गरेको श्रीसले बताए ।

भुरा ल्याएर पोखरीमा छोडेको पाँच÷छ महिनापछि माछा बेच्न योग्य हुने उनको भनाइ छ । एक्लै ल्याउँदा ढुवानी महँगो परेपछि गाउँका माछापालक किसान मिलेर सँगै भुरा ल्याउने गरेका छन् ।

कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो । माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो बरेङ गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल बागलुङमा करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । कार्यालयले व्यावसायिक माछापालन गर्ने किसानलाई वर्षेनी अनुदान उपलब्ध गराउँदै आएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top