Nepal Times
Nepal Times
3
Shares

कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन सदस्य मतदान गर्नबाट बञ्चित हुने

कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन सदस्य मतदान गर्नबाट बञ्चित हुने

काठमाडौ, फागुन २७
निर्वाचन आयोगले कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानुनी अडचनका कारण राष्ट्रियसभाका ३ जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको प्रष्टएका हुन् ।

आइतबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै उनले राष्ट्रियसभाका ३ जना सांसदहरुले सपथ गर्नु अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरिएकाले अव त्यसमा थप गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारे ।

उनले राष्ट्रपति निर्वाचन कानुन संशोधन गर्न पनि राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएपछि मात्रै राष्ट्रिय सभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएकाले उनीहरु तीनै जनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न नपाउने कानुनी व्यवस्था छ ।

आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका ८ सय ८१ जना सांसदहरुले मतदान गर्नेछन ।

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिदिन पनि राजनीतिक दलहरुसँग आग्रह गरेको छ । निर्वाचनको मिति कानुनमै तोके निर्वाचनमा खर्च कम हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.