टि–२० आईमा शतक प्रहार गर्ने कप्तान नेपालका पारस र ज्ञानेन्द्र मात्रै

१४ पुस २०७६, सोमबार
Share this
740shares

एजेन्सी, पुस १४
विश्व क्रिकेटमा सन् २०१९ टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट (आई) मा कप्तानको रुपमा शतक प्रहार गर्ने मात्रै दुई कप्तान रहेका छन् । ती दुवै कप्तान नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका हुन् ।

Advertisement

त्यस्तै ज्ञानेन्द्र यस वर्ष टि–ट्वान्टी आईमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पूर्वकप्तान पारस खड्का, भारतीय कप्तान विराट कोहली र नेदरल्यान्डका कप्तान पिटर सीलारलाई पछि पारेका हुन् ।

ज्ञानेन्द्रले अघिल्लो महिना १२ औं दक्षिण एसियाली खेलकुद (साग) टि–ट्वान्टी मा कीर्तिपुर क्रिकेट मैदानमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन जोडेका थिए । जुन कप्तानका रुपमा २०१९ मा एकै खेलमा जोडेको सर्वाधिक रन हो । त्यसपछि पारस खड्काले गत सेप्टेम्बरमा त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए ।

Advertisement

सन् २०१९ मा टि ट्वान्टी आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाई छन् । उनले फेब्रअरीमा आयरल्यान्डविरुद्ध १ सय ६२ रनको अविजित इनिङ खेलेका थिए ।

सन् २०१९ मा टि ट्वान्टी आईमा कुल १९ शतक प्रहार भएका छन् । जसमा दुई कप्तानको मात्रै शतक रहेको छ । र दुबै नेपालका कप्तान रहेका छन् । पारस र ज्ञानेन्द्रले मात्रै २०१९ मा कप्तानको रुपमा शतक प्रहार गरेका हुन् ।

Advertisement

कप्तानको रुपमा पारस र ज्ञानेन्द्रलाई छाड्दा गत सेप्टेम्बरमा नेदरल्यान्डका कप्तान पिटर सीलारले स्कटल्यान्डविरुद्ध ९६ रनमा अविजित रहेका थिए । त्यस्तै एक हप्ता अघि भारतीय कप्तान विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध ९४ रन जोडेका थिए ।

२०१९ मा टि ट्वान्टी आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी:

हज्रतुल्ला जजाई (अफगानिस्तान) – आयरल्यान्डविरुद्ध १ सय ६२ रनमा अविजित

जर्ज मुन्से (स्कटल्यान्ड ) – नेदरल्यान्डविरुद्ध १ सय २७ रनमा अविजित

केभिन ओ ब्रायन (आयरल्यान्ड) – हङकङविरुद्ध १ सय २४ रन

ग्लेन म्याक्सवेल (अष्ट्रेलिया) – भारतविरुद्ध १ सय १३ रनमा अविजित

बिलाल जाल्मी (अष्ट्रिया) – चेक रिपब्लिकविरुद्ध १ सय ११ रनमा अविजित

टोनी उरा (पप्पुवा न्युगिनी) – फिलिपिन्सविरुद्ध १ सय ७ रनमा अविजित

ज्ञानेन्द्र मल्ल (नेपाल) – भुटानविरुद्ध १ सय ७ रन

पारस खड्का (नेपाल) – सिंगापुरविरुद्ध १ सय ६ रनमा अविजित

(हाम्रो खेलकुदबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top