×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सम्झनामा राजा वीरेन्द्र (भिडियोसहित)

१४ पुस, काठमाडौँ ।
आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । वीरेन्द्रप्रति सद्भाव राख्नेले विविध कार्यक्रम गरि उनलाई सम्झिएका छन् । सदैव राष्ट्रप्रति समर्पित, इमान्दार तथा चिन्तित रहने व्यक्ति अर्थात एक सच्चा राजनेताका रुपमा धेरैले वीरेन्द्रलाई आज पनि सम्मान गर्नेगर्दछन् । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राखेर कूटनीति र राजनीति सञ्चालनमा निपुर्ण पनि मानिएका थिए स्वर्गीय राजा वीरेन्द्र । नेपाललाई शान्तिराष्ट्र घोषणा गर्न उनले खेलेको भूमिका अतुलनीय छ । आफनो राज्याभिषेकका बेला २०३१ मा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि उनले बनाएका थिए । जुन प्रस्तावलाई भारत वाहेक १ सय ३० राष्ट्रले समर्थन गरेका थिए । बेलायतको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालयका साथै अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वीरेन्द्रले त्यहाँका प्रसिद्ध प्राध्यापकहरूबाट कूटनीति र राजनीतिको शिक्षा लिएका थिए । यसले नै उनलाई लोकप्रिय, सफल र असल राष्ट्रनायक सावित गर्न सहयोग पुर्याएको विश्लेषकहरु बताउछन् ।

पृथ्वीनाराण शाह देखि यता १२ आंै शाहवंसीय राजा थिए स्वर्गीय वीरेन्द्र । जसले २०२८ देखि २०५८सम्म नेपालमा शासन गरेका थिए । २००२ साल पुस १४ गते आजैका दिन जन्मिएका उनको प्रारम्भिक शिक्षा दरवारमै र पछि भारत हुदै जापान, बेलायत र अमेरिकाबाट पुरा गरे । उनका शिक्षकका भनाईमा वीरेन्द्र एक मनकारी ब्यक्तित्व थिए । जो प्रजातन्त्रमा विश्वास राख्थे । राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए । जसले नेपाललाई विश्वमा एक समृद्ध, स्वतन्त्र राष्ट्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेले । पिता महेन्द्रको देहवसानपछि राजगद्दी सम्हालेका राजा वीरेन्द्रले चीन, भारतसँग सन्तुलित सम्बन्ध स्थापना तथा पञ्चायतविरोधी शक्तिसँग पनि सहकार्य गरे । यो मुलुक दुई ढुंगाबीचको तरुल हो भन्ने पृथ्वीनारायण शाहका दिव्य–उपदेशबाट प्रभावित राजा वीरेन्द्रले कहिले राष्ट्रियताविरुद्ध सम्झोैता गरेनन् । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई साकार बनाउन राजा वीरेन्द्रले २०३६ सालमा राष्ट्रिय जनमत संग्रह घोषणा गरेर सबै पक्षलाई राष्ट्रिय राजनीतिमा समावेश गराउन खोजेका थिए । बिपी कोइरालाको देहवसानपछि भारतको चर्को दबाबबाट २०४६ सालको जनआन्दोलन भए तापनि राजा वीरेन्द्रले बहुुदलीय व्यवस्था पुनस्र्थापना गर्दै सहमतिको बाटो अवलम्बन गरेका थिए । २६ बर्षको उमेरमा शासन सम्हालेर विकासको मूल फुटाउँको नारा अगाडि सारेका यीनले निर्दलीय व्यवस्थाका १९ बर्ष र वहुदलीय व्यवस्थाका ११ बर्ष राजगद्दी सम्हाले । जनमत संग्रह, शान्ति क्षेत्रको प्रस्ताव र सन् १९८३ तिर सन् २००० सम्ममा नेपाली जनतालाई आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यको नारा ल्याए तर यीनले जे जे भने विडम्बना हाम्रा तर्फबाट विरोध नैं भयो।

Advertisement
Advertisement

तत्कालीन समयमा नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि उनले राजा, राष्ट्रवादीलगायत सबै पक्षका वामपन्थीलाई मिलाएर देशलाई निकास दिएका थिए । जनआन्दोलनको मार्गदर्शनअनुसार नयाँ संविधान बनाउनु अत्यावश्यक थियो । उनकै पहलमा २०४७ कात्तिक २३ गते नयाँ संविधान घोषणा भयो । राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे । राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेको भन्ने गरिन्छ । राजा वीरेन्द्रकै शासनकालमा कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टीको शासनविरुद्ध माओवादी विद्रोहले उग्र रूप लिएको थियो । २०५६ सालभन्दा अगाडि माओवादीले सहकार्य गर्न राजासँग प्रस्ताव राखेका थिए । तर राजाले सकारात्मक संकेत नदिएपछि तत्कालिन माओवादीले नेपालमा द्वन्द चर्काएको थियो ।

Advertisement

२०५८ जेठ १९ गते राति वीरेन्द्रको वंशै नाश हुने गरी हत्या गरिएको थियो । दरबार हत्याकाण्डका अनेक अड्कलबाजी गरिए पनि यो अहिलेसम्म रहस्यकै गर्भमा रहेको छ । राजा वीरेन्द्रको देहवसानपछि विदेशीले नेपालमा खेल्ने मौका पाएको समालोचकहरु बताउछन् । आधुनिक युगसम्म पनि राजतन्त्रात्मक देश जापान, बेलायत लगायत ४४ राष्ट्रमा राजारानीले युगको माग अनुसार जनताको इच्छा र चाहना शासन गरिरहेका छन । अर्थात् आधुनिक युगको शब्दाबलीमा सार्वभौम जनताको भावना र चेतना अनुरुप देश र जनताको भविष्य र अधिकारका लागि प्रमुख भूमिका खेलेकोमात्र होइन, व्यक्तिगत भावना र जीवनशैली पनि उनीहरुले देखाएका छन् । त्यसैले गर्दा ती देशमा आजसम्म पनि राजतन्त्र शान्त र स्थिर छ । तर हाम्रोमा हुन सकेन , त्यस्तै, भावना र जीवनशैली दिवंगत राजा वीरेन्द्रले आफूलाई समयानुकुल ढालेर देखाएका थिए । अन्त्यमा ३०वर्ष यो मुलुकको नेतृत्व गरेका स्वर्गीय राजा वीरेन्द्रलाई भावपुर्ण श्रद्धान्जली ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top