दुहबी प्रहरीका लागि २ करोडको भवन निर्माण

१४ पुस ७६, सोमबार
Share this
755shares

१४ पुस, सुनसरी ।
ईलाका प्रहरी कार्यालय दुहवीको नबनिर्मित कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरी समुद्घाटन गरिएको छ । सोमबार एक बिशेष कार्यक्रमबीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय दुहवीको नवनिर्मित कार्यालय भवनको शिलालेख अनावरण गरी समुद्घाटन गरेका हुन् ।

Advertisement

भवन उद्घाटन कार्यक्रममा बोल्द ज्ञवालीले अहिलेको अवस्थामा शिक्षा,स्वास्थ्य र शुरक्षा आधारभुत आवश्यकता भई सकेकोले सुरक्षा ब्यवस्था गर्ने आधारभुत आवश्यकता र प्रहरीको बास स्थानलाई परिपूर्ति गर्ने सन्दर्भमा सुन्दर संरचनाहरुको धमाधम निर्माण भईरहेको बताए । उनले स्थानिय शान्ति सुरक्षामा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ति सुरक्षा सुदृढ हुने विश्वास समेत व्यक्त गरेका थिए । नागरिकहरुले प्रहरी प्रति आशा र भरोसा राख्ने हुँदा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी अझ वढी ब्यवसायिक र क्रियाशील भएर अघि बढ्न उहाले प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन । उनले भवन निर्माणमा सहयोग गर्ने महानुभावहरु तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार, प्रशंसा पत्र तथा कदरपत्र बितरण गरेका थिए ।

Advertisement

भवन उदघाटन कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले शुभकामना मन्तब्य राख्दै पछिल्लो समयमा प्रहरीबाट भएका काम कार्बाहीहरुको प्रशंसा गरेका थिए भने शान्ति सुरक्षाको सवालमा नगरपालिकाको तर्फबाट गर्नु पर्ने जस्तोसुकै सहयोग गर्न पनि नगरपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रम प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु हुदै कुल २ करोड ६८ लाख २१ हजार ७४१ को लागतमा २१ कोठा भएको साढे दुई तले पक्की प्रहरी भवनको निर्माण गरिएको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top