NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

निर्णय नसच्याए सम्म केन्द्रीय कार्यसमितिमा उपस्थित हुँदैनौँ : प्रकाशमान सिंह (अन्तरवार्ता)

बुधबार पुस १६ , २०७६
Reading Time: 1 min read
A A
महरा प्रकरणमा प्रहरी दबाबमा नपरोस्ः प्रकाशमान सिंह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : पछिल्लो समय नेपाली कांग्रेसको कार्यसमिति बैठकबाट १४ औं महाधिवेशन २०७७ को फागुनमा गर्ने निर्णय बहुमतले पारित गरेसँगै विवाद बढेको छ । कांग्रेस भित्र वैकल्पिक नेतृत्वको बारेमा सोच्नुपर्ने बेला आएको चर्चा पनि चलेको छ । असन्तुष्ट पक्षहरुले परामर्शका लागि भन्दै जिल्ला सभापतिहरुको भेला समेत बोलाएका छन् । यसै सन्दर्भमा रहेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग हाम्रा सहकर्मीले कुराकानी गरेका छन् ।

नेपाली कांग्रेसको आन्तरिक राजनीति अहिले सतहमा देखिएको छ । यो विवाद किन? पहिला भित्र भित्रै यस्तो भएको हुन्थ्यो र मिलाइन्थ्यो । अहिले किन सतहमै आएको हो ?

नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टी भित्र लोकतान्त्रिक अभ्यासलाई रोक्न थालेपछि सतहमा यस्ता कुरा आउँछन् । अहिले भएको के हो भने केन्द्रीय कार्यसमितिले गरेको निर्णयहरु सबैको सहमतिले गर्नुपर्नेमा एउटा गुटको मात्रै उपस्थितिमा जवरजस्तबाट भएको छ । नेपाली कांग्रेसको परम्परालाई तोड्दै भएको छ । यसअघिका महाधिवेसनको तिथि मिति तोक्दा सहमतिबाटै हुने गरेको थियो यसपटक त्यसो गरीएन् । त्यसमा खासगरेर कार्यसमितिको बैठक हुँदा नै नौं बुँदे प्रस्ताव हामीले राखेका थियौं त्यसमा पनि समय छदै केही गतिविधि नगर्ने, विधानले निर्देशित गरेका कामहरु पनि पार्टी सभापतिले कार्यान्वयन गर्न प्रयास नगर्ने र चार वर्षमा अधिवेशन हुन्छ भनेर थाहा पाउँदा पनि चार वर्ष पुग्न केही महिना बाँकी रहदा पनि सामायेजना गर्नुपर्ने कमहरु देखि लिएर राज्य पुर्नसंरचनापछि समायोजन गर्नुपर्ने कामहरु अत्यन्तै ढिलो रुपमा जुन कि नेतृत्व वर्गले त्यसलाई अलि जोड दिएर प्राथमिकतामा राखेर राज्य पुर्नसंरचना गर्नको लागि समायोजनाका गतिवधिहरु र कृयाशिलका कामहरुमा विवाद भइराखेको छ यी सबै कुराहरु टुंग्याउनु सक्नुपर्नेमा केही नगरीकन त्यसै बसीरहेको कारणले गर्दा हामीलाई के लाग्यो भने अव त धेरै ढिला हुन लाग्यो त्यसकारण १४ औं महाधिवेसनको तिथि मिति तोक्नका लागि पनि कार्यतालिका बनाउनु प¥यो र कार्यतालिक के हो भन्दा पनि फागुनमा त महाधिवेशन नहुने भयो र सकेसम्म पनि मंसिर सम्म महाधिवेशन गर्ने भन्ने हाम्रो भनाई रह्यो र वार्ताको क्रममा पनि कार्यतालिका बनाएर प्रस्तुत पनि गरेका थियौं । त्यसमा चार्ही मंसिर सम्मको नेपाली कांग्रेसको विधानले निर्देशित गरेको अनुसार क्यालेन्डर बनाएर हामीले मंसिरमा महाधिवेशन गर्ने भनेका थियौं तर मसिंरमा किन गर्न लागेको भन्दा कथमपथाचित केही गरी मंसिरमा गरिएन भन्दा फागुन सम्म २÷३ महिना समय रहन्थ्यो नी । तर उहाँहरुले एक वर्ष थप गरी फागुनमा महाधिवेशन गर्ने घोषणा गर्नुभयो । केही गरी फागुनमा महाधिवेशन हुन सकेन भने अर्को छ महिना समय थप गरी धकेल्ने प्रयास गर्नुभएको छ र यो सम्भावना पनि बढेको छ । किन भने महाधिवेशनका लागि तयारी नै राम्रो छैन् ।

LS Auto

अहिले कृयाशिल सदस्यताको लागि विवादहरु जिल्ला जिल्लामा भइराखेको, गाउँपालिका, नगरपालिकाम भइरहेको छ । त्यसलाई चाँडो भन्दा चाँडो संयन्त्र बनाएर अथवा विशेष छानविन समिति बनाएर तुरुन्तै समय छदै गर्नुप¥यो भन्ने हाम्रो भनाई हो । भातृसंगठन देखि लिएर विभागहरुको समस्या समाधान गर्नुपर्ने हो । विभागहरुको १३ औं महाधिवेसन सकिएको दुई महिना भित्रमा विधानले निर्देशित गरेको सबै विभागहरु गठन गर्नुपर्छ भन्ने थियो । तर अहिले उहाँहरुले के गर्नुभयो भने पार्टीको संशोधित विधानले पनि २८ वटा विभाग भर्खरै स्थापित गर्नुपर्छ भनेर भनेको छ । भर्खरै महासमितिबाट र केन्द्रीय कार्यसमितिबाट बनेको विधानबाट २८ वटा दुई महिना भित्र बनाउनु पर्ने भन्ने छ उहाँहरुले सक्नु भएको छैन अव ४७ मा पु¥याइदिनुभएको छ । कारण के हो भने १४ औं महाधिवेसनलाई प्रभावित गर्नको लागि कसैलाई लाभ पु¥याएर आफ्नो पक्षमा ल्याउनको लागि गरेको स्पस्ट हुन्छ । १४ औं त महाधिवेशन निश्पक्ष, स्वच्छ ढंगले विवादरहित तरिकाले गर्नुपर्नेमा विभागहरु पनि बनाउनुपर्ने बेलामा नबनाउने, महाधिवेशन हुने बेलामा निर्माण गर्ने र प्रजातान्त्रिक पार्टीमा जेगरेपनि हुने जस्तो गरि धाराहरु निलम्बन गरेर आगाडी बढ्नु भयो । यसबाट के भयो भने उहाँहरुलाई चाहेको जसलाई पनि दिन सक्ने र मतदान गर्ने अधिकार पनि तुरुन्त दिने अवस्था आयो । अब अस्तिको बैठकबाट भएका निर्णयहरुमा सच्याइएन भने हामीले सहभागी हुँदैनौं भनेर स्पस्टसँग भनिसकेका छौं । फेरी राष्ट्रिय सभाको लागि भनेर फेरी बिहीबार कार्यसमिति र पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । यसमा हामीले के भनेका छौं भने प्रजातान्त्रिक पार्टी भित्र अलोकतान्त्रिक तरिकाले निर्णय हुँदा सम्म हामी फेरी कार्यसमिति बैठकमा जाने भन्ने हुँदैन् । वार्ताको क्रम जारी रहदै र सहमतिको नजिक पुग्न लागेको बेलामा एकतर्फी ढंगले निर्णय गर्नुभयो त्यो प्राजातान्त्रिक पार्टी भित्र नहुने निर्णय भएको छ र त्यसलाई सच्याउन दवाव दिनका लागि हामीले पार्टी भित्र अभियान चलाउने भएका छौं ।

तपाईहरुबीचमा कतिपय अवस्थामा अन्तरंग सम्बन्ध, व्यक्तिगत सम्बन्धहरु पनि छन् । तर पछिल्लो समय विवाद निकै बढ्यो । पार्टीमा देखिएको सभापतिको भूभिकालाई हेर्दा कुनै तत्वले प्रभाव पारेको हो ? प्रजातान्त्रिक पार्टी भित्रकै अभ्यासलाई फरक ढंगले अगाडी बढाइएको हो ? तपाइलाई के लाग्छ ?

अब यस्तो छ । तेह्रौं महाधिवेशनमा भनौं न लोकतान्त्रिक पार्टी हो महाधिवेसन भयो त्यसपछि मतदान भयो उहाँले जित्नुभयो । त्यसपछि उहाँ नेपाली कांग्रेसको सभापति हो नी त । तर कस्तो भयो भने म नेपाली कांग्रेसको होइन की एउटा गुटको मात्रै सभापति भएको जस्तो गरी गतिविधि गर्नुभयो । त्यसले गर्दा अहिलेको समस्या देखिएको हो । अहिलेको समस्या समाधान गर्नको दलागि पाटी सभापतिले पार्टीको सभापतिको हैसियतले सबैलाई मिलाएर अगाडी बढाउनु पर्ने र वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतिहरुलाई सशक्त रुपमा सामना गर्नका् लागि नेपाली कांग्रेसलाई एकढिक्का बनाएर लौजान सक्नुप¥यो ।

अव त कसरी सम्भव छ ? खासगरी समानान्तर भेलाहरु, समानान्तर बैठकहरु बोलाइसकेको अवस्थामा कसरी सम्भव छ एक ढिक्का भएर अगाडी बढ्न ?

एउटा कुरा के हो भने जव नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिंडिरहेको अवस्थामा यो ठिक भएन यसलाई सच्याउनका लागि हामिले आवाज उठाइरहेका छौं । बेथितिमा गइरहेको र पार्टी अलोकतान्त्रिक बाटोमा अगाडी बढिरहेको छ भने यसलाई सच्याउने काम पनि कांग्रेसहरुले नै गर्ने हो । फरक फरक हुनको लागि नभई भएको कमि कमजोरीलाई हटाएर सुधार गरेर पार्टीको विधान हनुसार संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउन हामीले आवाज मात्र उडाउने नभइ सुधार गर्नका लागि दावाव दिइरहेका हौं । पार्टी भित्र भएका कमजोरीहरुलाई प्रजाताीन्त्रक प्रचलन अनुसार पार्टीको परिधि भित्र बसेर बेथितिमा गएको पार्टीलाई थितिमा ल्याउने र बाटो भुल्न लागेको पार्टीलाई सहि मार्गमा ल्याउने काम गर्नको लागि आवाज उठाउँदैमा पार्टीलाई नै विभाजनमा ल्याउन लागेको भन्ने चाहिं ठिक भएन । हामीले नाजायज तवरले कुरा उठाएको भए पार्टीको प्रवृति फुटाउने तिर हुन्थ्यो होला तर हामीले भएको पार्टी नेपाली कांग्रेसलाई सुधार गरेर संस्थागत रुपमा विधिसम्बत नियमसम्बत अनुशासित तवरले यो पार्टी अगाडी बढाउनुपर्छ भन्ने हो ।

त्यसो भए जिल्ला सभापतिहरुको भेला बोलाउनुको औचित्य के हो ?

त्यसमा के हो भन्दा अव अस्तिको केन्द्रीय कार्यसमिति जुन एकलौटी तवरले पार्टीको परम्परालाई र प्रजातान्त्रिक पार्टी भित्र निर्णय गर्दाखेरी जुन अपनाउनुपर्ने, पुरागर्नुपर्ने कुराहरुलाई वेवास्ता गरेर जवरजस्त गरेपछी त्यसलाई सच्याउन के गर्नुपर्छ भनेर परामर्श गर्नका लागि पार्टी जिल्ला सभापतिहरुको भेला बोलाएका छौं ।

निर्वाचन भइसकेपछि अहिले सम्म आउँदा पार्टी सभापतिले गरेका एकलौटी निर्णयहरु दर्जनौं पुसिकेका होलान । अब अति भयो भन्न लागेको हो तपाइहरुलाई ? विभिन्न सञ्चारमाध्यमहरु हेर्दा लोकतान्त्रिक बाटोमा जानको लागि पार्टी सभापति हटाउ अभियान आन्तरिक रुपमा चलाइएको भन्ने छ । के यो साँचो हो ? यसमा तपाईको टिप्पणि के छ ?

अब चौधौं महाधिवेशन आउँदै छ । महाधिवेशन त नेतृत्व परिवर्तको पनि ठुलो अवसर हो । एउटा प्रजातान्त्रिक पार्टीभित्र तेह्रौं महाधिवेसनले निर्वाचित गरेको नेतृत्वले पार्टीको विधान अनुसार निदेर््शित गरेका कामहरु गर्न नसक्ने, समयमा पार्टीलाई व्यवस्थित रुपमा चलाउन पनि नसक्ने र अवसर पाएर पनि नेतृत्व प्रदान गर्न नसक्ने भएपछि त केही काम नै गर्न नसक्ने विधानले निर्देशित गरेका कामकुराहरु पनि गराउन नसक्ने कार्यान्वयन गराउन नसक्ने त्यही नेतालाई फेरी दोहो¥याउने भनेको त पाटीभित्र दुर्घटनामा जाने हो । त्यहि कारणले गर्दा प्रजातान्त्रिक तरिकाट अव चाँही नयाँ नेतृत्वको आवश्यकता कांग्रेसलाई छ । त्यसमा हामीले गृहकार्य गरिरहेका छौं । मलाई पूर्ण विश्वास छ की वर्तमान नेतृत्व असफल भएको कारणले गर्दा नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा जुन पुरानो प्रभाव थियो अहिले नहुनुको कारण नेतृत्वको कमजोरीको कारणले भएकोले गर्दा प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक तरिकाबाट नयाँ नेतृत्वको आवस्यकता परेको छ । समयको माग बमोजिक हामी अगाडी बढेका छौं ।

अन्तिममा बुधबार बेलुका पदाधिकारीहरुको अनौपचारीक भेला छ । बिहीबार केन्द्रीय कार्यसमितिको बैठक छ । पार्टी तपाइहरुकै हो त्यसैले अव तपाइहरुको उपस्थिति कसरी हुन्छ ?

हाम्रो उपस्थिति त गएको केन्द्रीय कार्यसमितिको निर्णय नसच्याए सम्म हुँदैन् । त्यसमा हामी अलग्गै बस्छौं । तर पार्टीलाई सही बाटोमा ल्याउनको लागि पार्टी भित्र दवाव सिर्जना गरेर बाध्य बनाउनको लागि प्रयास गर्छौं ।

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.