विराटनगर, फागुन २९
इलाका प्रहरी कार्यालय रंगेली मोरङको परिसरमा एक कार्यक्रमका बीच नयाँ भवनको शिलान्यास गरिएको छ । १२ कट्ठा जमिनमा बन्न लागेको उक्त भवनको प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले शिलान्यास गरेका हुन् ।
अब बन्ने भवनमा प्रहरी निरिक्षक,सहायक निरिक्षक,कर्मचारीहरुका लागि छुट्टाछुट्टै कोठा बन्ने र पुरुष ,महिला थुनुवाका साथै सुविधायुक्त शौचालयहरुको निर्माण हुने भएको छ ।
११ कोठे भवनको कुल लागत २ करोड ३२ लाख रहनेछ । सो भवन २०७५ फागुन १४ गते भित्र निर्माण सम्पन्न गर्ने गरी कोशी एन्ड न्यौपाने निर्माण सेवा समिति काठमाडौंलाई ठेक्का दिइएको छ ।