तेह्रथुम, फागुन २९
तेह्रथुमको फेदाप गाउँपालिका जलजलेमा अदुवा भण्डारण स्थल निर्माण भएपछि फेदाप गाउँपालिकाका १ हजार वढी अदुवा किसानलाई राहत पुगेको छ ।
डेनिस सरकारको उन्नति समाबेशी वृद्धि कार्यक्रम अन्तर्गत उन्नति परियोजनाले अदुवा उत्पादन स्थलमै पुगेर ४४ लाख रुपैंया लागतमा भण्डारण स्थल निर्माण गरिदिएको हो ।
भण्डारण स्थल निर्माणपछि गाउँपालिकाका जलजले, आयोक्जुङ, ईसिवु र सम्दुका किसानले उत्पादन गरेको अदुवा भण्डारण गर्न सजिलो भएको किसानको भनाई छ ।
जलजलेका किसानले मात्र यो वर्ष ३ सय २५ मेट्रिकटन अदुवा उत्पादन गरेका छन् । दुई वर्ष अघि १ करोड ५० लाख रुपैंया वढीको अदुवा बिक्री गरेका त्यहाका किसानले यो वर्ष भने वजारमा मुल्य घटेकाले ५५ लाख रुपैंया वरावरको मात्र विक्री गर्न सफल भएका छन् । बारीवाट खनेको अदुवा भण्डारण स्थलमा ल्याएर राख्दा गुणस्तर समेत नविग्रीने किसानको भनाई छ ।