अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

२८ फागुन ७४, मंगलबार

सिन्धुली, फागुन २९
सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ । सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा५ख ३३४७ नं को ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्य्विनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए । बिपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top