चौथो जितसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लियो

२४ पुस ७६, शुक्रबार

२४ पुस, काठमाडौँ ।
लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई स्तब्ब बानाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजिन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा बिहीबार भएको खेलमा विभागीय टोली आर्मीले तालिकामा खाता खोल्न नसकेको सरस्वतीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

बिहीबारको जितसँगै आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सम्पन्न ५ खेल मध्ये चार खेलमा जित र १ खेल गुमाएको आर्मीले १२ अंक बनाएको छ । आर्मीलाई स्पष्ट जित दिलाउनका लागि जर्ज प्रिन्स कार्कीको गोल निर्णायक बन्यो । ३० औं मिनेटमा कार्कीले गरेको गोलबाट आर्मीले जित निकाल्न सफल भएको हो । खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । र, साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई एक अंकले पछि पारेको छ । दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । यस्तै सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।

लिग अन्तर्गत बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली एपिएफमाथि ४–२ को जित निकाल्दो संकटाले जारी लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल आफ्नो नाममा लेखाए । एपीएफका नबिन लामा र आशिष लामा लामाले एक÷एक गोल फर्काए । जितपछि संकटा लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।

बिहीबारको खेल सँगै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौ चरणका पनि खेल सकिएका छन् । आर्मी १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा मनाङ ११ अंकका साथ तालिकाको दोस्रो, मच्छिन्द्र १० अंकका साथ तालिकाको तेस्रो, थ्री स्टार समान १० अंक भए पनि गोल अन्तरका आधारमा तालिको चौथो स्थानमा छ । पाँचौं चरणका खेल समापन हुँदा सरस्वती युथ क्लबले अहिले सम्म कुनै खाता खोलेको छैन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top