नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा सञ्चालन

२४ पुस ७६, शुक्रबार

२४ पुस, चितवन । 

 नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारी साधन रोक्दै पूरा गरिने खनालले बताए । उनले भने, ‘बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै गछौँ ।’

Advertisement

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो । पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षात्को समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।रासस

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top