×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिंघीयाको संरक्षणमा प्रदेश सरकार, मन्त्री घिमिरेले गरे स्थलगत निरीक्षण

२६ पुस, विराटनगर ।
प्रदेश राजधानी रहेको विराटनगरको पहिचानसँग जोडिएको एक सिंघिया खोलाको संरक्षण, सम्वद्र्धन र उपयोगका लागि प्रदेश १ सरकारले दीर्घकालीन योजना बनाएर काम सुरु गरेको छ । यसैक्रममा विराटनगरको उत्तरी सिमास्थित घिनाघाट जोड्ने सिंघीया खोलाको पुल उत्तरतर्फ भईरहेको सिंघीया खोलाको वहाव नियन्त्रणको कामको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निरीक्षण गरेका छन् ।

प्रदेश सरकार अन्तर्गत बजेट विनियोजन भई खोला नियन्त्रण र पानी व्यवस्थापनका लागि काम भईरहेको स्थानको शनिबार बिहान मन्त्री घिमिरेले स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री घिमिरेले भईरहेको कामको अवलोकन प्रगतिका साथै कामको बारेमा चासो राखेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको सिंघीया नदी संरक्षण अभियान अन्र्तगत सफाई अभियान सुरु भएपनि संरक्षण, सम्वद्र्धन र उपयोगका लागि विस्तृत परियोजना बनाएर प्रदेश राजधानीबासीको पहिचानको रुपमा खोलाको विकास गरिने मन्त्री घिमिरेले बताए । उनले उत्तर तर्फ खाली रहेको जग्गाबाट सुरु भएको नदी नियन्त्रण र पानी व्यवस्थापनको काम दक्षिणमा भाथीगञ्ज जाने पुलसम्म गरिने जानकारी दिए । छुट्टाछुट्टै काम गर्दा कामको गुणस्तर सही आउन नसकेकोले प्रदेश सरकारले सिंघिया खोलासँग जोडिएका पाँच पालिकासँग मिलेर एकीकृत हिसाबले काम थालेको उनको भनाई छ ।

Advertisement
Advertisement

सिभिल इन्जिनियरिङ माध्यामबाट नदी नियन्त्रण र पानी व्यवस्थापनको काम भईरहेको जलस्रोत तथा सिंचाइँ विभागका डिभिजन प्रमुख आनन्दकुमार झाले जानकारी दिए । कात्तिकबाट सुरु भएको काम तीव्र गतिमा चलिरहेको उनले बताए । बजेट व्यवस्था भए २४ महिनाको ठेक्का अवधि रहेको काम यसै वर्षमै सम्पन्न हुने उनको भनाई छ ।

सिघियाको संरक्षण, सम्वद्र्धन र उपयोगको योजनाका लागि २ करोड ६३ लाखमा गजुरमुखि निर्माण सेवासँग गत साउनमा ठेक्का सम्झौता भएको थियो । प्रदेश सरकारले यस योजनाका लागि चालु आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन गरेको छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top