जनताको पीडा घटाउन सुनसरी पुग्यो दिव्यज्योति अस्पताल

२७ पुस ७६, आइतबार
Share this
730shares

२७ पुस, विराटनगर।
विराटनगरको दिव्यज्योति अस्पतालले सुनसरीमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले शुक्रबार बर्जु गाउँपालिका–१ र दुहवी नगरपालिका–१२ पूर्व कुशाहमा एकसाथ आँखा, नाक, कान र घाँटीको नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Advertisement

दुवै आँखा शिविरमा गरी ३ सय ४० जनाको आँखा, नाक, कान र घाँटीको जाँच गरिएको अस्पतालले जनाएको छ । त्यसैगरी शनिबार पनि इनरुवा–२ को बुढासुब्बा प्राविमा र धरानको बमजन टोलमा ऐकै साथ आँखा शिविर सञ्चालन गरिएको दिव्यज्योती अस्पतालका प्रशासन प्रमुख राम कुमार पण्डितले जानकारी दिए ।

Advertisement

शिविरमा परीक्षण गराई आँखाको अप्रेशन गर्नुपर्ने बिरामीलाई ५० प्रतिशत छुटमा अप्रेशन गरिएने पनि उनले बताए ।अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दे विभिन्न समयमा ग्रामीण क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top