गएको वर्ष श्रीलंकामा ३६१ हात्ती मरे

२८ पुस, एजेन्सी ।
गएको वर्ष सन् २०१९ मा श्रीलंकामा ठूलो संख्यामा हात्ती मरेका छन् ।

वातावरण संरक्षणकर्मीका अनुसार श्रीलंकामा ३६१ हात्तीको मरेका छन् । श्रीलंका सन् १९४८ मा स्वतन्त्र बनेयता अहिलेसम्मकै धेरै हात्ती मरेका हुन्। अधिकांश हात्ती मानिसले नै मारेका हुन्।

श्रीलंकामा झण्डै ७५ सय हात्ती रहेका छन्। हात्तीको हत्या गैरकानूनी हो, तर स्थानीय समुदाय र जनावरबिच तीव्र तनाव रहँदै आएको छ। श्रीलंकामा हात्ती संरक्षित छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top