मलमासले दशैं–तिहार २५ दिन पर सर्यो, मंसिरमा भाईटिका

Share this
676shares

१ माघ, काठमाडौँ ।
मलमासका कारण विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो। मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको छ ।

Advertisement

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार आउँदो वर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो। व्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ।

तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ। २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । यो वर्ष गोवद्र्धन पूजा र म्हः पूजा एकैदिन परेकाले नेवारी समुदायले गोवद्र्धन पूजाको भोलिपल्ट म्हः पूजा मनाएका थिए।

Advertisement

पात्रोमा भएको तिथिभन्दा फरक मान्दै नेवारी समुदायले भाइटीकाको एक दिनपछि मात्र टीका लगाएका थिए। विसं २०७७ सालमा पनि गोवद्र्धन पूजा र म्हः पूजा एकैदिन परेकाले पात्रोअनुसार भाइटीका लगाउने कि पछि लगाउने भन्ने विषय समस्या उत्पन्न हुनेछ।

समितिले गोवद्र्धन पूजा र म्हः पूजा एकैदिन परेपछि पात्रोमै सूचना जारी गरी समुदायले गरेको निर्णयको आधारमा चाडवाड मनाउन सक्ने उल्लेख गरेको छ। सरकारले यो वर्ष नेवारी समुदायको हितअनुकूल निर्णय गर्दै भाइटीकाको भोलिपल्टसमेत सार्वजनिक बिदा दिएको थियो। समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top