ब्याजको प्रलोभनमा ४५ लाख ठगी गर्ने पक्राउ

१ माघ ७६, बुधबार
Share this
744shares

१ माघ, इटहरी ।
सर्वसाधारणलाई बढी ब्याज दिने प्रलोभन देखाएर ठगी गर्दै आएको आरोपमा इटहरीका एक व्यक्ति पक्राउ परेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका ६ का वीरेन्द्र विश्वकर्मालाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो। प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार पक्राउ परेका ५१ वर्षीय विश्वकर्माले विभिन्न १० जनासँग ४५ लाख ४ हजार रुपैयाँ ठगी गरेका छन्।

विश्वकर्माले इटहरीमा लक्ष्मी स्टोर्स (ज्वलेर्स) को नाममा पासबुक बनाई विभिन्न स्थानका सर्वसाधारणलाई बढी ब्याज दिने भन्दै ठगी गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। यसक्रममा विश्वकर्माले गैरकानुनी रुपमा पसल सञ्चालन गर्दै आएका थिए।

Advertisement

प्रहरीका अनुसार राष्ट्र बैंकको इजाजत बिना विश्वकर्माले लक्ष्मी स्टोर्समार्फत बैंकिङ कारोबार गर्दै आएका थिए। विश्वकर्माबाट ठगिएको थाहा पाएपछि पीडितहरुले सुनसरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

अदालतबाट पक्राउको अनुमतिसाथै विश्वकर्मालाई बालाजुबाट पौष २८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। विश्वकर्माबाट पीडित कमला दाहालले १० लाख रुपैयाँ ठगी भएको बताएकी छन्।

Advertisement

त्यसैगरी यशोदा दाहालले पनि प्रहरी समक्ष विश्वकर्माद्वारा ६ लाख ५० हजार रुपैयाँ ठगिएको जाहेरी दिएकी छन्। प्रहरीले विश्वकर्मालाई ठगी मुद्दामा म्याद थपको तयारी गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top