×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल

४ माघ २०७६

४ माघ, काठमाडौँ । 

 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको आज भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताए ।

Advertisement

समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको महानिरीक्षक खनालको भनाइ थियो ।

विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै महानिरीक्षक खनालले भने, “विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नौँ ।”

महानिरीक्षक खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए । प्रहरी कार्यालयलाई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ छ ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नागरिक र प्रहरीको सहकार्यले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सम्भव रहेको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरीको कार्यसम्पादनमा निर्माण हुन लागेको भवनले सहयोग पुग्ने बताए ।

रु दुई करोड ६८ लाख ३६ हजार १२२ को लागतमा निर्माण हुन लागेको भवन २०७७ पुस २६ गतेसम्म सम्पन्न हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । काभ्रेस्थित ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मेवारी पाएको छ ।

साढे दुई तल्लाको भवनको भूइँतलामा हिरासत कक्ष, सुरक्षा गार्ड कक्ष, पहिलो तल्लामा व्यारेक र दोस्रो तल्लामा सञ्चार कक्ष र कार्यालय प्रमुखको आवास रहनेछ । मजुवा सामुदायिक वनको स्वामित्वमा रहेको जीर्ण घर भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ ।

Advertisement

विसं २०१५ मा प्रहरी चौकीको रुपमा स्थापना भएको कार्यालय विसं २०५५ मा इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । हाल इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ । उक्त कार्यालयले भानु मुकाम डुम्रेबाट पनि सेवा प्रवाह गर्दै आइरहेको छ ।रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top