५ माघ, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले कामको थालनी गर्ने बताएका छन । बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा लुम्बिनी विश्व शान्तिनगरको कार्यान्वयसम्बन्धी छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
लुम्बिनिको विकासका सम्बन्धमा यसअघि धेरै छलफलहरु भएको र अब सरकारले कामको थालनी गर्ने उनको भनाई छ । लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए ।
मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै उनले विमानस्थलm मायादेवी मन्दीर, देवदह, सैनामैना, तिलौराकोट लगायतका क्षेत्रहरुलाई एक अर्कासँग जोड्नुपर्ने बताए । लुम्बिनी क्षेत्रमा रहेको क्षेत्रहरु सबैको आ—आफ्नो महत्व रहेको बताउँदै उनले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई ८, १० दिन त्यहाँ विताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । लुुम्बिनीको बृहत्तर विकाससँग प्राकृति, सांस्कृतिक कुराहरु पनि जोड्नुपर्ने भट्टराईको भनाई छ । विदेशी लगानीकर्ताहरुको पहिलो रोजाईमा लुम्बिनी क्षेत्र नै पर्ने गरेको बताउँदै भट्टराईले लुम्बिनीमा यो गर्छु, त्यो गर्छु भन्ने कन्सेप्टहरु लिएर आउने पर्यटकहरु आकर्षण समेत बढ्दै गएको बताए । कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेयय) ले बृहत्तर लुम्बिनीको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र २ महिनात्रिम ग्लोबल टेण्डर आह्वान गरिने जानकारी दिए । बाँकी काम सम्पन्न गर्नका लागि ६ अर्ब बराबरको बजेट आवश्यक पर्ने बताउँदै उनले बजेट अभाव नभए चाँडै नै काम सम्पन्न हुने विश्वास दिलाए ।
इन्जिनियरिङ्ग संस्थान पुल्चोकका सह प्राध्यापक डा. सञ्जय उप्रेतीले लुम्बिनीको बृहत्तर विकासबाट सभ्य, सुसंस्कृत र अनुशासित नागरिक निर्माणमा सहयोग पुग्ने बताए । यसले देशको समृद्धिमा पनि बल पुग्ने नभई दक्षिण एसियामा नै नेपालको पर्यटनले राम्रो र द्रुत गतिमा सफलता प्राप्ग ग¥यो भन्ने ठाउँमा पुग्न सकिने बताए ।
छलफलमा कार्यक्रममा कोषका उपाध्यक्ष त्रिपाठी, योजना विद् डा.महेन्द्र सुब्बा र प्राध्यापक उप्रेतीले बहृत्तर लुम्बिनीको बिषयमा कार्यपत्र पेश गरेका गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी, योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, पुन निर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा.घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा. हृदयरत्न राज्य ब्रजचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठ लगायतले सुझाव दिएका थिए ।