प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रुपमा स्वीत थिचेर आईसिपिको उद्घाटन

७ माघ, विराटनगर । प्रदेश १ को विराटनगर महानगरपालिकाको भेडियारीमा निमार्ण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसिपि)को आज उद्घाटन भएको छ ।

भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसिपी सञ्चालनमा आएको हो । आज विहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बेपी ओलीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्स मार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् ।

त्यसलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसिपी सञ्चालनमा ल्याइएको छ । भारतीय पक्षले यसअघि गएको भदौ १५ मा नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो । तर विद्युत जडान र वाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि पाँच महिना पछाडि धकेलिएको थियो ।

Advertisement

सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने भनिएपनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गरेको हो ।

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ ।

सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो । आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top