सुदीप कोइराला संयोजक रहने गरी प्रेस संगठन मोरङले पायो पूर्णता

८ माघ, विराटनगर ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस संगठन मोरङ शाखाको जिल्ला समिति गठन भएको छ । यस अघि संगठन मोरङका संयोजकमा सुदीप कोइराला र सहसंयोजक गोकुल पराजुलीलाई प्रदेश समितिले चयन गरेपनि जिल्ला समितिले पूर्णता पाएको थिएन ।

Advertisement

संयोजक र सहसंयोजकको बैठकले ३५ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । संगठनको केन्द्रीय समिति र प्रदेश समितिको सकुर्लर अनुसार संगठनलाई पूर्णता दिइएको संयोजक कोइरालाले बताए । समितिमा तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको कार्यसमितिमा रहेका र केहि संख्या कार्यसमितिभन्दा बाहिर रहेर क्रियाशिल रहेका पत्रकारहरुलाई समेटिएको छ ।

जिल्ला समितिमा अर्जुनकुमार आचार्य, दिनेश सुब्बा, नेत्र पी अधिकारी, माधवप्रसाद मुकुन्द खतिवडा, हरि अधिकारी, सन्तोष राई, शशांक पौडेल, अनिल श्रेष्ठ, सरोज बस्नेत, सुमन घिमिरे, ज्योति चौहान, नविन कर्ण, हरिहर नेपाल, मनोज दाहाल, बाबुराम भण्डारी रहेका छन् ।

Advertisement

यस्तै सुरेश अधिकारी, श्रीमन्त भट्टराई, प्रेम देवान, उत्तम पोखरेल, सन्तोष गौतम, मनोजकुमार महतो, बाबुराम मुडियारी, सुजाता निङ्लेखु, डम्बर विक, अर्जुन राई, नवराज भट्टराई, ध्रुव भट्टराई, रञ्जना बुढाथोकी, पवनकुमार साह, सन्दिप राई, विजय धिमाल, एलिना दियाली र सुस्मिता दाहाल सदस्यमा चयन भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top