ए डिभिजन लिगः आठौँ चरणका खेलहरु आजबाट सुरु, प्रतिबन्धमा परेका मच्छिन्द्रका खेलाडी खेलमा फर्कँदै

८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार आठौँ चरणका खेलहरु सुरु हुँदैछन् ।

बुधबार दशरथ रङ्गशालामा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगअन्तर्गत आठौँ चरणका सबै खेलहरु दशरथ रङ्गशालामा हुने तय भएको छ ।

सातौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र १३ अङ्कसहित दोस्रो स्थानमा छ भने पुलिस क्लब ११ अङ्कसहित छैटौं स्थानमा छ । यो खेलमा मच्छिन्द्र विजयी भए शीर्ष स्थानमा रहेको आर्मीसँग अङ्क बराबरी गर्ने छ भने पुुलिस विजयी भए मच्छिन्द्रलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ ।

सातौँ चरणमा मच्छिन्द्र हिमालयन शेर्पासँग पराजित भएको थियो भने पुलिसले जावलाखेललाई पराजित गरेको थियो । बुधबारको खेलमा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल खेलमा फर्कने छन् ।

उनीहरु पाँचौँ चरणमा मनाङसँगको खेलपछि भएको झडपका कारण दुई–दुई खेलको प्रतिबन्धमा परेका थिए । जसका कारण उनीहरु छैटौँ चरणमा जावालाखेल र सातौँ चरणमा हिमालयन शेर्पासँगको खेल गुमाएका थिए । मछिन्द्रले जावलाखेललाई पराजित गरे पनि शेर्पासँग भने पराजित भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top