×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो, नेपालमा पनि उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन चेतावनी

८ माघ, एजेन्सी । चीनमा शंकास्पद कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसका हुबेई प्रान्तमा ९ जनाको ज्यान गएको जानकारी दिएका हुन् । मृत्यु हुनेमध्ये धेरै पाका उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । त्यस्तै ४४० जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ मानिएको हुबेई प्रान्तको वुहान सहरमा पशुबजार र जंगली जनावरमाथि कडा नियमन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको मन्त्री बिनले बताए । मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल्वे स्टेसन, बन्दरगाहहरुमा स्वास्थ्य जाँचका लागि थर्मल बडी स्क्यानर राखिएको मन्त्री बिनले जानकारी दिए ।

Advertisement
Advertisement

कहाँ कहाँ फैलियो ?
चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा फैलिएको छ । चीनको वुहानमा भन्डै एक करोड जनसंख्या रहेको छ । बुधबार अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । वुहानबाट केही दिनअघि अमेरिका फर्किएका अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

जापानको टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरियाको राजधानी सोल, ताइवान र मकाउमा पनि एक–एक जनामा यसको संक्रमण भेटिएको छ । त्यस्तै थाइल्याण्डको बैंककमा २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यसको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । वुहानबाट फर्किएका एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको शंका गरिए पनि त्यसको औपचारिक पुष्टि भएको छैन ।

यसैविच, चीनको वुहान फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै उत्तर कोरियाले बुधबारबाट विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाएको छ । सीएनएनले उत्तर कोरियाली ट्राभल एजेन्सी ‘योङ पायोनियर टुर्स’ लाई उद्धृत गर्दै बुधबारबाट उत्तर कोरियाले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाएको जनाएको छ । मंगलबार उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले पनि कोरोना भाइरसको संक्रमणको जोखिम रोक्नका लागि देशव्यापी अभियान सुरु गरेको जनाएको थियो ।
उत्तर कोरियामा विदेशी नागरिकको आउजाउ एकदमै न्यून हुने गरेको छ । उत्तर कोरियाली पयर्टन उद्योगमा विशेषगरी चिनियाँ पर्यटकको विशेष योगदान रहेको छ । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार उत्तर कोरियाली अर्थतन्त्रमा पयर्टन उद्योगबाट वार्षिक ४४ मिलियन अमेरिकी डलरको योगदान रहेको छ ।

Advertisement
Advertisement

तर उत्तर कोरियामा कति विदेशी पर्यटकले भ्रमण गर्छन् भन्ने यकिन विवरण भने उपलब्ध छैन । ग्लोबल टाइम्सका अनुसार हरेक वर्ष उत्तर कोरियामा एक लाख पर्यटकले भ्रमण गर्छन् । त्यसमध्ये ८० प्रतिशत पर्यटक चिनियाँ नागरिक रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top