उखुको पैसा नदिने अन्नपूर्ण मिलको चिनी बिक्री गर्न किसानहरुको अवरोध

११ माघ २०७६, शनिबार
Share this
714shares

११ माघ, सर्लाही।
किसानको पैसा नतिर्ने अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् । सर्लाहीको धनकौल–३ मा रहेको सो तिनी मिलको १० वटा ट्रकमा चिनी काठमाडौं लैजान लाग्दा अवरोध भएको हो ।

Advertisement

उद्योगमा चिनी ८ हजार क्वीन्टल मौज्दात छ जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए ।

उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियोे । जिसीकाअनुसार चिनी लैजान नदिन सडकमा स्थानीयले खाल्डो खनेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top