सडक फोहर–स्थानीयवासी आन्दोलित

२ चैत ७४, शनिबार

इटहरी, चैत ३
सुनसरी जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्र जाने सडक निर्माणमा सडक विभाग र स्थानीय तहको चरम लापर्बाहीका कारण बढेको धुवाँ धुलोले सर्वसाधारणको स्वास्थ्यमा चरम खेलवाड भएको भन्दै आज बिहानैदेखि त्यस सडक आसपासका स्थानीयवासी आन्दोलित भएका छन् ।

इटहरी उपमहानगरपालिका, रामधुनी र बराहक्षेत्र नगरपालिका क्षेत्र अन्तर्गतको कान्छिचोक नडाहा खण्डको सडक केही वर्षअघि कालोपत्रे गरेको भए पनि अहिले कालोपत्रे उप्किएको र सडक विभागले निर्माणको पुनः ठेक्का लगाइसकेको भए पनि सडक निर्माणमा चरम लापर्बाही भई सडक आसपासमा बसिनसक्नु भएकाले बाध्य भएर सवारी चल्न रोक लगाएको स्थानीयवासीले बताएका छन् ।

सडकमा उड्ने धुलो धुवाँले मान्छेले पैदल हिँड्न नसक्ने तथा साना सवारी साधन समेत चढेरयात्रा गर्न कठिन हुने तथा दुर्घटना अधिक रुपमा बढेको भन्दै स्थानीयवासीले तत्काल सडकमा पानी हाली धुलो धुवाँ नउड्ने बनाउन आग्रह गर्दै सवारी सञ्चालनमा रोक लगाएको स्थानीयवासी पुष्प प्याकुरेलले बताए ।

Advertisement

इटहरी उपमहानगरपालिका १७ तथा रामधुनी नगरपालिका ६ र ७ एवं बराहक्षेत्र नगरपालिका ४, ५ र ६ हुँदै धार्मिक तीर्थस्थलसम्म जाने उक्त सडक निर्माणकर्ता ठेकेदार कम्पनी दिवा निर्माण सेवाले समेत सर्वसाधारण मानिसको स्वास्थ्यमा खेलवाड गर्दै आएकाले आफूहरुले तत्काल सडकमा पानी प्रयोग गर्न दबाबका लागि आन्दोलन गर्नुपरेको विनोद आचार्यको भनाइ छ ।

सडक लथालिङ्ग भएको तर सवारी साधनको अधिक चाँप रहेकाले ती सवारी साधनले उडाउने धुवाँ धुलोका कारण दैनिक दुर्घटना बढेको तथा आसपासका वस्तीमा बसिनसक्नु हुने गरेकाले बाध्य भएर सवारी चलाउन रोक लगाउनु परेका अर्का स्थानीयवासी शैलेन्द्र राजधामीले बताए ।

Advertisement

स्थानीयवासी हेमनारायण राजधामीका अनुसार पटक/पटक स्थानीय तह र सडक विभागसँग धुलो उड्ने कार्य नियन्त्रणका लागि बारम्बार भन्दा पनि अटेर गरिएकाले सवारी सञ्चालनमा रोक लगाउनुको विकल्प नरहेको उनले बताए । सडक ठेकेदारले सडकमा पानी नहालेसम्म सवारी चलाउन नदिने स्थानीयवासीको भनाइ छ ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top