नवनियुक्त सभामुखसंग चिनियाँ राजदूत यान्छीले गरिन् भेट

१३ माघ ७६, सोमबार
Share this
652shares

१३ माघ, काठमाडौं ।
नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन्।

Advertisement

सभामुखमा सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन। सोमबार मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरिन्।

राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइन्। नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कूटनीतिक नियोगको पहिलो व्यक्ति हुन्। सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top