×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनाको समाचारका कारण पर्यटक बिच्किएः पर्यटन मन्त्रालय

१८ माघ, काठमाडौँ ।
संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रलयका सचिव केदारबहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन् । कारोनाभाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उहाँले यस्तो बताएका हुन ।

नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उनले गरे । नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएकोमा उनी उपचारबाट फर्किएको तथा अन्य ५ जनामा आशंका गरिएकामा सबैमा नेगेटिभ देखिएको उनले बताए । समाचारको उद्देश्य राम्रो भएपनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षीत छैन भन्ने सन्देश जाने उनले बताए । चीनले समेत वुहानबाहेक अरु ठाउँ सुरक्षीत रहेको र नेपालमा जस्तो पर्यटकको संख्यायतिले घट्यो, आउन छोडे भन्ने खालका समाचार नआएको बताए ।

Advertisement

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले सहि र तथ्यगत सूचना आदान प्रदान अहिलेको आवश्यकता भएको बताए । सबैमाझ सहि सूचना आदानप्रदान गर्ने र नेपालनाउ डट ओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफैले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनले बताए ।

Advertisement

चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ । नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top