कोरोना भाइरसविरुद्धको खोप स्कटल्याण्डमा आविष्कार हुँदै

२१ माघ २०७६, मंगलबार
Share this
741shares

एजेन्सी, माघ २१
चीनमा महामारीको मयानक रुप लिएको कोरोनाविरुद्धको खोपको आविष्कार गर्न विश्वभरका वैज्ञानिकले चासो देखाएका छन् । इबोला, जीका जस्ताभयानक रोगविरुद्ध औषधि बनाउन सफल स्कटल्याण्डकी वैज्ञानिक डा. केट ब्रोडरिकले घातक कोरोना भाइरसविरुद्धको खोप आविष्कार गर्न जुटिरहेकी छिन् ।

Advertisement

महिला वैज्ञानिक ब्रोडरिक कोरोना भाइरसबाट बचाउन खोप आविष्कार गर्न कोसिस गरिरहेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । द टाइम्सको रिपोर्टअनुसार उनले खोप तयार गरिसकेकी छिन्। उनले कोरोना भाइरसविरुद्ध बनाएको खोप मुसा र सुँगुरमा परीक्षण समेत भईसकेको छ ।

उनले आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी र अहिले कोरोना भाइरसबाट बच्न खोप बनाउन जुटेको बताएकी छन । डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन । अनुसन्धानका लागि उनको एउटा टोली अहिले अविष्कारमा जुटेको छ । उनको टिम रातमा २ घन्टामात्र सुत्ने गरेको छ ।

Advertisement

दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएकी थिइन्। चिनियाँ अधिकारीले कोरोना भाइरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन्। । उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो।

Advertisement

डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो। ब्रोडरिक करिब २० वर्षदेखि खतरनाक रोगविरुद्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन । यसअघि उनी इबोला, जीका जस्ताभयानक रोगविरुद्ध औषधि बनाउन सफल भएकी थिइन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top