ओमनले दियो नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य

२२ माघ, काठमाडौं । करण केसी र सुशन भारीको उत्कृष्ट प्रर्दशनमा ओमानले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।

ओमानका मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि ओमानले बलियो प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा २ छक्का सहित १७ रन खर्चेका थिए । बिलाल खान ८ रनमा अविजित रहे । नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिन पुग्यो ।

नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । करणले शरद भेषवाकरबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए । करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरेका थिए ।

Advertisement

करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएका थिए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे । १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे ।

सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि ओमान ५७(५ को संकट अवस्थामा पुगेको थियो । खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए ।

Advertisement

यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तेडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारस खड्काले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवनदान पाएका थिए ।

दीपेन्द्र सिंह ऐरीको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे । तीब्र गतिका बलर करण केसीले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए ।

ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top