×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आत्महत्या रोकथामका उपाय समेटिएको ‘सुसाईड प्रिभेन्सन’ बजारमा

२३ माघ २०७६

२३ माघ,विराटनगर ।
मानसिक रोग विशेषज्ञ चिकित्सक डा. रन्जन थापाको आत्महत्या रोकथाममा आधारित पुस्तक ‘सुसाईड प्रिभेन्सन’ विमोचन भएको छ । न्युरो अस्पताल विराटनगरमा कार्यरत चिकित्सक थापाद्वारा लिखित सो पुस्तक बिहीबार अस्पतालको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

अस्पतालका विशेषज्ञ चिकित्सक, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रममा अस्पतालका संस्थापक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाईड प्रिभेन्सन’को विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै संथापक विष्टले यस पुस्तकले समाजमा दिनानुदिन बढीरहेको आत्महत्या रोकथाममा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले पुस्तकले मेडिकल क्षेत्रमा काम गर्नेलाई ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्दै न्युरो अस्पतालमा कार्यरत विभिन्न व्यक्तिहरुले यस प्रकारको पुस्तक लेखेर मेडिकल क्षेत्रलाई ठूलो योगदान पुर्याएको पनि बताए ।

Advertisement
Advertisement

त्यस्तै पुस्तकका लेखक डा. थापाले आत्महत्याका कारण नेपालमा दैनिक १५ जना मानिसको मृत्यु हुने र विश्वमा हरेक वर्ष १० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै नेपालमा रोकथामको प्रयास नहुने गरेको बताए । किताबमा आत्महत्या रोकथामका लागि स्वास्थ्यकर्मीहरुको भूमिका, विभिन्न नितीहरु, मिडिया मार्गनिर्देशनको भूमिका गरी तीन भागमा बाँडिएको उल्लेख गर्दै उनले साधारण अङ्ग्रेजी भाषामा भएकोले सबैले अध्ययन गर्न सक्ने बताए । उनले किताबलाई नेपालीमा पनि ल्याईने बताए ।

Advertisement

लेखक थापालाई डा. विष्टले माला र खादा ओढाएर सम्मान पनि गरेका थिए । त्यस्तै कार्यक्रममा योग गुरु स्वामी सत्यम श्रीले स्वस्थ रहनका लागि योगको भूमिकाका बारेमा बताएका थिए ।कार्यक्रममा अस्पतालका अपरेशनल डाइरेक्टर , राजेश भट्टराई , हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेत , मेडिकल डाइरेक्टर वरिष्ठ न्यूरो सर्जन डां यम बहादुर रोका लगायतका स्वास्थ्यकर्मीहरुको उपिस्थत थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top