×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

१४ महिनासम्म तलब नदिने विराटनगरको स्टोरलाई श्रमको पत्र

२३ माघ २०७६

२३ माघ, विराटनगर ।
दैनिक गुजारका लागि मानिसले काम गर्छ । काम गरेवापत उसले मासिक पारिश्रमिक पाउर्नुपर्छ । पारिश्रमिक नपाएपछि मान्छेले कतिदिन काम गर्छ थप एक महिना दुई महिना तर विराटनगरको एक स्टोरले तलब नदिई एक वर्षबढी काम लगाएको छ ।

विराटनगरको ट्राफिक चौकस्थित माँ जगदम्बा साईन्टिफिक स्टोरले १५हजार मासिक तलब दिने शर्तमा कर्मचारी राखी कर्मचारीलाई शर्त अनुसार तलब नदिएपछि श्रम कार्यालय विराटनगरले शर्त अनुसारको बाँकी तलब दिन आदेश दिएको छ ।

Advertisement
Advertisement

१५ हजार मासिक तलब दिने भनिएपनि २८ महिनासम्म मासिक ५ हजारमात्र तलब दिएको र त्यसपछिको १४ महिनामा सबै तलब रोक्का राखेपछि श्रम कार्यालयले शर्तअनुसार दिनुपर्ने तलब, उपदान बापतको रकम, संचयकोष बापतको रकम, विदा बापतको रकमलगायत सम्पुर्ण रकम उपलब्ध गराउन निर्देशन दिएको हो ।

सो स्टोरले कर्मचारी सुनसरीको बर्जु गाउँपालिका–५ घर भएकी दिक्षा काफ्लेलाई हालसम्म जम्मा ६ लाख पैँतालिस हजार ९ सय अठ्ठासी रुपैँया तिर्नुपर्ने ठहर गर्दै निर्देशन दिएको श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलले जानकारी दिए ।

कर्मचारी काफ्लेले दिएको उजुरी अनुसार २०७२ साल माघ देखि ०७५ बैशाखसम्म मासिक ५ हजार रुपैँयाबुझेको र ०७५ जेठदेखि ०७६ साल असारसम्म कुनैपनि रकम पाएकी छैनन् । त्यसपछि उनले काम छोडेकी थिइन् । काफ्लेले गत साउन २७ गते श्रम कार्यालयमा उजुरी दिएकी थिइन् ।

तर, श्रम कार्यालयले जगदम्बा साईन्टिफिक स्टोरलाई रकम उपलब्ध गराउनपत्राचार गर्दा साईन्टिफिक स्टोरकी सञ्चालक बलादेवी अग्रवालले दीक्षाको नाममा सम्पुर्ण रकमको चेक काटिसकेको र दीक्षाले उल्टो रकम तिर्नुपर्ने दाबी गरेको सञ्जेलले बताए ।

श्रम कार्यालयले मिलापत्र गराउने प्रयास पनि गरेको तर नभएको बताउँदै सो रकम संस्थाले नै दीक्षालाई तिर्नुपर्ने ठहर गर्दै बाँकी रकम उपलब्ध गराउन निर्देशन दिईएको श्रमअधिकृत सञ्जेलले बताए ।

श्रम कार्यालयको फैसला अनुसार जगदम्बा साईन्टिफिक स्टोरले काफ्लेलाई बाँकी तलबका साथै २९ हजार ९ सय अन्ठानब्बे उपदान, ३६ हजार सञ्चयकोष, तीनवर्षको चाडपर्व खर्च ४५ हजार, ४५ हजार सन्चित घर बिदा र हर्जना सहित गरी सो रकमतिनुपर्ने छ ।

Advertisement

श्रम कार्यालयको फैसला चित्त नबुझेको खण्डमा श्रम अदालत अनामनगरमा ३५ दिनभित्र रिट गर्नुपर्ने अन्यथा कार्यान्वयन हुने बताउँदै सञ्जेलले संस्थाको सम्पत्ति लिलाम गर्ने सम्मको अधिकार श्रम कार्यालयलाई रहेको बताए । श्रम कार्यालयले पीडितका पक्षमा भुक्तानी हुने गरी फैसला गरेपनि ती युवतीले त्यति लामो समयसम्म विना पारिश्रमिक किन काम गरिन् भन्ने विषय भने खुलेको छैन ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top