Nepal Times
Nepal Times
3
Shares

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

काठमाडौँ, चैत ५
महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकण्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् ।

उनीहरुलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेका थिए । प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो ।

उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट प्रहरीले बा ३८ प ४४९२, बा ५३ प ५९१४, बा ४७ प ४६६१ र बा ४५ प ८५३५ नं को मोटरसाइकल र बा ४७ प ४६६९ नम्बरको स्कुटर बरामद गरेको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.