इटहरीका युवा लागुऔषधसहित विराटनगरबाट पक्राउ

२९ माघ ७६, बिहीबार

१ फागुन, विराटनगर ।
विराटनगर महानगरपालिका–१२ आईतबारेबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

Advertisement

बुधबार बेलुक इटहरी उपमहानगरपालिका–१० बस्ने २६ वर्षीय ज्ञानेन्द्र चौधरीलाई वडा प्रहरी कार्यालय (क) विराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चौधरीलाई चेक जाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित नाईट्राभेट ट्याब्लेट ८ चक्की, एभिल २ एम्पुल, डाईजिपाम २ एम्पुल, लुपुजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र खाली सिरिन्ज ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

नियन्त्रणमा रहेका चौधरीका विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top