×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

गिरिजाले फौजी आक्रमण अझ बढाउन भन्नुहुन्थ्योः पुष्पकमल दाहाल

१ फाल्गुन २०७६

१ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सही नेतृत्व भएकै कारण कटुतापूर्ण र सत्रुतापूर्ण संघर्षमा रहेका दुई मुख्य पार्टीहरुको एकता सम्भव भएको बताए ।

Advertisement
Advertisement

उनले तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित हुन सकेको उल्लेख गर्दै भने ‘सही बिचार र सही नेतृत्वले ईतिहासमा ठुलोठुलो फड्कोहरु मार्न योगदान गर्न सक्छ सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउन सक्छ किनभने केही वर्ष पहिले सम्म नेपालमा यति छिट्टै संविधान सभा भइहाल्ला संघीय लोकतान्त्रीक गणतन्त्र घोषणा गरीहाल्ला आपसमा निकै तितो र कटुतापूर्ण र कहीले काहिं सत्रुता पूर्ण संघर्षमा रहेका २ वटा मुख्य पार्टीहरु एकतामा आइपुग्लान र अनि चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी प्रस्तुत होलान भन्ने केही वर्ष अगाडी सम्म मानिसले सोच्दैन थिए तर म भन्न चाहन्छु, विनम्रतापूर्वक भन्न चाहन्छु सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेका कुरालाई सम्भव बनाउन सकिन्छ, जनयुद्ध आफै सुरुका दिनहरुमा हेर्दा धेरैलाई विश्वास थिएन ।’

अध्यक्ष दाहालले तत्कालिन समयमा माओवादी र एमालेबीच संविधान सभामा जाने भन्ने सहमति भएको र त्यसकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको र सात राजनीतिक दलहरुसँग माओवादीले १२ बुँदे सम्झौता गर्न पुगेको बताए ।

उनले देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन एकसाथ सञ्चालन गर्न तत्कालिन ७ राजनीतिक दल र नेकपा माओवादीबीचमा भएको समझदारीबाट नै सम्भव भएको बताए । उनले असाधारण र फरक किसिमबाट बनेको समझदारीबाट नै देशमा राजतन्त्रको समाप्ती र संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सफल भएको समेत बताए ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसका तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र आफुबिच राजधानीमा जनआन्दोलन बढ्दै थएका बेला दिनदिनै फोनमा कुरा भएको र त्यसबेला कोइरालाले अझ बढी फौजि आक्रमण बढाइदिन आग्रह गरेको खुलासा समेत गरे ।

दुईवटा हाम्रो कम्युनिष्ट पार्टीको पहिला सहमति भएर हस्ताक्षर भइनै सकेको थियो हामी मिलेर अव संविधान सभातिर जाने भन्ने विषयमा नेपाली कांग्रेससँग पनि राखेर त्यही प्रकृयाबाट १२ बुँदे समझदारी भयो र नेपाली कांग्रेसको तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा झण्डै लगातार जस्तो दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो र उनले अझै आक्रमण बढाउनु प¥यो भन्नु हुन्थ्यो मलाई फौजि आक्रमण अझ बढाईदिनु प¥यो भन्नुहुन्थ्यो अलि सदरमुकाम हान्न प¥यो अलि ठुलोठुलो आक्रमण गर्न प¥यो भन्नु हुन्थ्यो यो पनि विचित्र हो । यस्तो संसारमा कमै हुन्छ यही विचित्रको परिस्थीतिले नै नेपालमा ढाइसय वर्ष पुरानो शाह वंशिय राजतन्त्रको अवसान गर्ने वातावरण बन्यो र देश संघीय लोकतान्त्रीक गणतन्त्रमा आइपुग्यो । यही विचार प्रवृति हावी भएकै हुनाले एकता सम्भव भयो ।’

अध्यक्ष दाहालले तत्कालिन समयमा नेतृत्वले सही निर्णय नगरेको भए देशमा ठुलो समस्या उत्पन्न हुनसक्ने खतरा रहेको बताए । उनले विश्वमा अन्य मुलुकमा शान्ति प्रक्रिया पुरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएको उल्लेख गर्दै नेपालमा आफूहरु शौभाग्यशाली भएर नै सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको बताए ।

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया सम्भव भएको र मुलुक समाजवादको आधार निर्माण तर्फ अघि बढेकोले अव जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने समेत बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताए । उनले विश्वमा कहिं नभएको सफलता नेपालमा भएको जनयुद्धले प्राप्त गर्न सफल भएको बताए । उनले २००७ साल देखि नै राजनीतिक युद्ध चलिरहेको अवस्थामा जनयुद्धले नेपालको राजनीतिलाई नै परिवर्तन गराईदिएको बताए ।

उनले जनयुद्धका बेला तत्कालीन एमालेले पनि ठुलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै गल्ती कमजोरी नगरी कोही अगाडि बढ्न नसक्ने समेत बताए । उनले पछिल्लो समय पार्टी एकता हुँदा देशमा स्थायित्व आएकाले पार्टी भित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल गर्न नेतृत्व सफल हुने विश्वा व्यक्त गरे ।

Advertisement

कार्यक्रममा शहीदहरुप्रति श्रदान्जलि व्यक्त गरिएको थियो । कार्यक्रममा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागि हुनुभएन् । उहाँ सहभागि हुने बताइएपनि गएनन् । प्रधानमन्त्री ओली गत वर्ष फागुन एक गते आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top