×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

असुरक्षाका कारण बन्द भयो सप्तकोशीको पानीजहाज

१ फाल्गुन २०७६

१ फागुन, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका नदीमा छिट्टै पानीजहाज चल्छन् भन्दा हाँसोका पात्र बने । धेरैले उनको खिल्ली उडाए ,कतिपयले कागजको जहाज बनाएर उनलाई कटाक्ष गरे भने केहीले पानीजहाजको टिकट कहाँ पाईन्छ? भनेर ब्यङ्ग्य पनि गर्न भ्याए । तर, सरकारको योजना र प्रधानमन्त्रीको भनाईले कसैलाई भने सकारात्मक उर्जा थपिदियो, प्रधानमन्त्रीको सपना साकार पार्न व्यवसायीहरुले सानै आकारका भएपनि नेपालमा पानीजहाजहरु सञ्चालन गर्न थालेका थिए । विभिन्न कठिनाईका बाबजुत पनि यात्रुलाई सहजता र आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै आएको सुनसरीस्थित सप्तकोशीको चताराबाट भोजपुरसम्म सञ्चालित पानीजहाज सेवा भ्रमण वर्ष जारी रहदा बन्द हुन पुगेको छ ।

‘मुखमा रामराम बगलीमा छुरा’ भनेझैँ सहयोग गर्छु भन्ने सरकारका निकाय र स्थानीयबाटै सुरक्षा र प्रोत्साहन त कता हो कता उनीहरुबाटै धम्की आउन थालेपछि करिब २० करोड लगानीमा सञ्चालित पानीजहाज सेवा व्यवसायीहरुले बुधबारबाट बन्द गरेका हुन् । यावत् चुनौतीका बाबजुद २ वर्षदेखि सप्तकोशीमा सञ्चालित पानीजहाज नदी किनारका बस्तीमा बस्ने केही व्यक्तिहरुले बाँधेर रोकिदिने, धाकधम्की दिने गरेकोले कर्मचारीहरुको जीउधनको समेत असुरक्षा महसुुस भएको बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायीहरुले गुनासो गरेका छन् । स्थानीयका साथै सहयोग गर्नुपर्ने प्रहरी प्रशासनले पनि विभिन्न बहानामा दुःख दिने गरेको पानीजहाज व्यवसायी संघका प्रस्तावित अध्यक्ष तथा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लिका सञ्चालक विमलमान श्रेष्ठले बताए ।

Advertisement
Advertisement

चतराबाट १८ सिटे एउटा , ८ सिटे दुई, ३० सिटे ३ र ७० सिटे १ गरी ७ वटा साना पानीजहाज सञ्चालन हुँदै आएका थिए । जसमा, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रा.लि.को ३ तथा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि, नेपाल रिभर ट्रान्सपोर्ट प्रा.लि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रा.लिको १÷१ वटा पानीजहाज छन् । पानीजहाजमा दैनिक ७ सयसम्म स्थानीय यात्रुका साथै २५० बढी पर्यटन यात्रा गर्दैआएको व्यवसायीहरु बताउँछन् । नेपालका विभिन्न ठाउँका साथै भारतको विहार , सिक्किम, बंगलादेश र भुटानबाट पनि पर्यटक आउने गरेका थिए । स्थानीयले कमिसन माग्ने, निःशुल्क यात्रा गराउनुपर्ने, रोजगारी माग्ने र उनीहरुले भनेको नभए धम्की दिने, विभिन्न कष्ट दिने गरेकोले यात्रु र पर्यटकको सुरक्षाको ग्यारेन्टीसमेत गर्न नसकिएकोले पानीजहाज सेवा बन्द गर्नुपरेको संचालक मध्येका एक राजेन्द्र कार्कीले बताए । उनले बुधबार मात्रै स्थानीयको अवरोधका कारण धनकुटाको सहिदभुमीमा १४ जना भारतीय पर्यटक ६ घण्टा अड्किएको बताए ।

Advertisement

व्यवसायीहरुले चतरादेखि कोप्चे सिम्लेसम्म ५०० रुपैँयामा १५ मिनेटमै यात्रा गराउँदै आएका थिए । जुन ठाउँसम्म सडकमार्गबाट गाडीमा जाँदा कम्तीमा ५ घण्टा लाग्छ भने ७ सयदेखि १ हजारसम्म भाडा लाग्छ । धनकुटाको गाँजाको उर्वरभुमी रहेका ठाउँपनि त्यही क्षेत्रमा पर्ने र धेरैले सेवन गरी यात्रा गर्नुका साथै ओसारपसार पनि हुने गरेकोले असुरक्षित भएको व्यवसायीहरु बताउँछन् । आफुहरुलाई असुरक्षा भएका कारण निर्बाधरुपमा सञ्चालन गर्न सरकारको साथ चाहिएकोले सरकारले प्रहरी प्रशासन खटाई सुरक्षा ब्यबस्थाको ग्यारेन्टी गनुपर्ने र सरकारले वैधानिक तवरबाट बैज्ञानिक भाडा निर्धारण गर्नुपर्ने उनीहरुको माग छ । अन्यथा आफुहरु पानीजहाज सञ्चालन गर्न नसक्ने व्यवसायीको भनाई छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top