×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वामित्व विवादले रोकिएको बुटवल-नारायणगढ सडकखण्डमा पर्ने रुख कटान पुनः सुरु

२ फाल्गुन २०७६

२ फागुन, नवलपरासी । स्वामित्व विवादले रोकिएको बुटवल-नारायणगढ खण्ड सडकमा पर्ने रुख कटान पुनः सुरु भएको छ । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिबीच काटिने काठ तत्काल समुदायकै जिम्मामा राख्‍ने (घाटगद्दी गर्ने) सहमति भएपछि शुक्रबारबाट रुख काट्न थालिएको हो ।

सडक डिभिजन कार्यालय दाउन्‍ने गैंडाकोट क्षेत्रका प्रमुख इन्जिनियर सुजन अधिकारीले वन विभागले दिएको पत्रमा रुख काटेर तत्कालका लागि स्थानीय सामुदायिक वनमा राख्‍ने सहमतिपछि काटेर स्थानीय वन उपभोक्ता समितिमा घाटगद्दी गरिदिने भएको जानकारी दिए । उक्त सडक ४ लेन बनाउन किनारका ४६ हजार २ सय ९४ हजार रुख काटिँदै छ ।

Advertisement
Advertisement

शुक्रबार बिहानैदेखि महेन्द्र राजमार्गअन्तर्गतको लोकाह जंगल क्षेत्रमा पर्ने सडकको उत्तरी किनारका रुख कटान भइरहेको छ । रुख वन कार्यालयको हुने कि सामुदायिक वनको भन्‍नेमा विवाद भएपछि पुस दोस्रो सातादेखि कटान रोकिएको थियो ।

सहमतिअनुसार काटिएका रुख सामुदायिकको हातामा राखिने भएको छ । सडक क्षेत्रमा काटिने रुख टेण्डर गरेर बिक्री गर्न (लिन) दुबै पक्षको हानाथाप भने कायमै छ । स्वामित्व विवाद साम्य भएपछि फटाफट रुख काट्ने काम अघि बढेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । गैंडाकोटदेखि दाउन्ने क्षेत्रका ३७ किलोमिटर क्षेत्रभित्र ३४ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् ।

Advertisement

सडक निर्माणको जिम्मेवारी पाएको चाइनिज ठेकेदार कम्पनि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले (सिएससिईसी) रुख काटेर स्थानीय सामुदायिक वनलाई काठ हस्तान्तरण गर्ने भएको छ । ईकान्तिपुरबाट साभार ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top