×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

सरकारको दुई वर्षः देउवादेखि महतोसम्मको समीक्षा यस्तो छ

३ फाल्गुन २०७६

३ फागुन, काठमाडौँ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा दुईवटापनि राम्रो काम गर्न नसकेको प्रतिक्रिया दिएका छन । शनिवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षका काम र प्रगतिको विषयमा जानकारी गराएपछि कांग्रेस सभापति देउवाले सरकारले दुईवटापनि राम्रो काम गर्न नसकेको बताएका छन् । संसद बैठकपछि पत्रकारहरुसँग छोटो कुरा गर्दै सभापति देउवाले भने ‘दुई वर्षमा दुईवटा पनि महत्वपूर्ण काम गरेको देखिदैन् ।’

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दुई तिहाईको सरकारले अर्थतन्त्र तथा सामाजिक क्षेत्रमा गुणात्मक परिवर्तनको काम गर्ने अपेक्षा जनताको थियो तर सरकारले केहीपनि देखाउन नसकेको बताए । उनले भने ‘विगत देखि हुँदै आएका केही कुराहरुका सकारात्मक सूचकहरु जस्तै विजुली पुरानै प्रोजेक्टहरु थिए अहिले बने र अहिले १२ सय मेगावाटसम्म बन्यो भन्ने कुरो त कहिंयौ वर्षदेखि बन्दै आएका थिए यो वर्ष पुरा भए संयोगले त्यो चाहिं आफ्नो कारणले भयो भन्नुहुन्छ र अरु पुरा हुन नसकेका नबनेका चाहिं पुरानो विरासतले भनेर धेरै पटक पुरानो विरासतले भन्नुभयो यसरी पन्छाउने कुतर्क गर्ने शोभनिय कुरा होइन् । यस अर्थमा पनि मैले सुध्र्रने संकेत देखिन् । ’ उनले प्रधानमन्त्री ओली कै विषयमा चिन्तित हुनुपर्ने अवस्था रहेको बताए । सरकारका काम निराशाजनक छ भनेर आफ्नै पार्टीले भनेको अवस्थामा त्यसलाई स्विकार गरेर सच्याउने दिशामा जाने भन्दापनि अत्यन्त अहंकारपूर्ण ढंगले र प्रतिक्रियात्मक ढंगले प्रस्तुत भएको बताए ।

Advertisement
Advertisement

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले राम्रो भाषण गरेको बताए । उनले भाषण अनुसार जनताले अनुभुति गर्न नपाएको बताए । उनले भने ‘खै सुन्दाखेरी त कतिन राम्रो गरेको छ भन्ने लागेको होला भाषण त धेरै राम्रै थियो तर त्यो अनुसार मुलुकमा जनताले अनुभुति गरेको छ कि छैन् त्यो मुख्य सवाल हो मलाई लाग्दैन उहाँले भनेजस्तै जनताले त्यही अनुसार प्राप्त गरेको छ अनुभुति गरेको छ सम्झेको छ त्यो अनुसार चाहिं पटक्कै होइन् । उहाँले सबै कुरा राम्रो देख्नुभएको छ तर मुलुकमा सबैकुरा राम्रो भएको छैन् ।’ उनले सरकारको यो प्रवृतिले संविधानको औचित्य कुन दिन समाप्त हुने हो भन्ने ठेगाना नभएको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले सरकारको पाँच वर्ष मध्ये दुई वर्षमा आधार तयार भएको बताए । उनले भने ‘जनतामा अपेक्षा छ आशा छ बढी र यो विगतमा जे जे भयो र जे प्रकारका अप्ठ्याराहरु हामीले सामना गरेर यहाँ सम्म आइपुग्यौं त्यो हेर्दा जनतामा अपेक्षा र आशा बढी हुनुलाई अन्यथा मान्नुपनि हुँदैन अहिले अव हामीले एउटा आधार तयार गरेका छौं र बाँकी रहेको यो तीन वर्षमा हामीले जनता समक्ष गरेका प्रतिवद्धताहरुलाई पुरा गर्ने हामीले ठोस आधार तयार गरेका छौं ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुइवर्षको अवधिमा केही काम गर्न नसकेपनि सरकारले बोल्ने कुरा गरे बताए । उनले विकास बजेट खर्च गर्न नसकेको स्विाकर प्रधानमन्त्री स्वयंले गरिसक्नुभएको र जनतालाई चित्त बुझ्दो काम गर्न नसकेको प्रष्ट भइसकेको बताए । उनले भने ‘उनले आफ्नो दुई वर्षको कार्याकालको फेहरिस्त प्रस्तुत गर्नलाई प्रयास गर्नुभयो त्यहाँ उल्लेखनिय कामहरु केही भएको छैन् । काम नै केही भएकोछैन भने त्यसको कत्तिको दम रहन्छ । दमदार रहेको प्रस्तुति यसपटक उहाँले गर्न सक्नुभएको छैन् । ल एण्ड अर्डर देखि लिएर शान्ति सुरक्षामा जुन चाहिं नारा त उहाँले दिनुहुन्छ म भ्रस्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने कुरामा भ्रस्टाचारहरुको काण्डहरु कतिको भइरहेको छ के भइरहेको छ भन्नेकुरा आम जनताले हरेक दिन हरेक पल प्रश्न उहाँमाथि राख्दैछन् । त्यही कारणले गर्दाखेरी उहाँ पत्रकारहरुसँग पनि इरिटेड हुने कारण हो यी सबै आम जनताले उठाएका प्रश्न जिज्ञासाहरु पत्रकारहरुले प्रश्तुत गर्दाखेरी उहाँलाई त्यसमा इरिटेसन भएको जस्तो कुरा आजको प्रस्तुतिबाट प्रस्ट भएको छ ।’

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री ओलीले गरेको व्याख्या व्यवहारमा नमिल्ने बताए । उनले महँगी बढेको र असुविधा बढ्रदै गएका कारण नेपाली जनता निराश भएको बताए । उनले भने ‘खास गरेर २ वर्षको सरकारको उपलब्धिको बारेमा जति प्रधानमन्त्रीले ब्याख्या गर्नुभयोे त्यो ब्यवहार सँग नमिल्दो छ अहिले नेपाली जनतामा निराशा छाएको छ नेपाली जनता महंगीबाट आक्रान्त छन् । अशुविधाबाट आक्रान्त छन् । र जुन सपना बाँडिएको थियो र जुन सपनाको बारेमा अहिले ब्याख्या गरिएको छ त्यो केवल ब्याख्या छ यो वास्तविकतासँग यसको कुनै मेल छैन् ।’

नेपाली कांग्रेसका अर्का नेता दिलेन्द्रप्रसाद बडुले संघीय संरचनापछि पहिलो र सबैभन्दा बलियो सरकार बनेको अवस्थामा पनि बजेट खर्च गर्न नसक्नुले सरकारले काम गर्न नसकेको स्पस्ट हुने बताए । उनले बजेट खर्च गर्नु नसक्दा सम्म संघीयता माथि र संविधानमाथि संकट पर्न सक्ने खतरा रहिरहने बताए । उनले भने ‘उसले आफैले स्विकार गरिराखेको छ सबै ठाउँमा १५ प्रतिशत भन्दा बढी खर्च गर्न सकिराखेको छैन् । यो ५० प्रतिशत त गयो त सरकारको समय यो आर्थिक वर्षको समय तर खर्च भइराखेको छैन् । अझ उहि कुरा हुन सक्दछ असार मसान्त सम्म जम्मे खर्च एकैचोटी गर्न खोजिरहेको हो की । त्यसकारणले यो अनुशासनमा जुन आउनु पथ्र्यो ठिक पद्धतिमा जसरी जानुपथ्र्यो त्यो त्यहाँ जान सकिरहेको छैन अस्तव्यस्ततामा छ र सरकारले उल्लेखनिय ढंगले देखाउन सक्ने काम गरिरहेको छैन् । जहाँ सम्म भ्रस्टाचार निवारणको कुरा छ भ्रष्टाचार निवारणको ऐन अनुसार सबैमाथि समान रुपले यदि भ्रस्टाचारमा कारबाही हुन्छ भने हामी स्वागत गर्छौं तर भयो के भने आफ्नो र पराई हेरेर गर्न थाल्यो भने कानूनी राज्यपनि समाप्त भयो कानूनी राज्य समाप्त भयो भने संविधानमाथि संकट आइलाग्छ त्यसकारण व्यक्तिको शासन होइन विधिको शासन हुनुपथ्र्यो विधिको सासनको अपब्याख्या भइरहेको छ र त्यसमाथि आक्रमण भइरहेको छ यो सन्तोशजनक काम हुन सकिरहेको छैन् ।’

त्यस्तै नेपाली कांग्रेसका नेता राजेन्द्र केसीले प्रधानमन्त्री ओलीले दुई वर्षमा केही काम गर्न नसकेपनि आफ्नो कर्मकाण्ड पुरा गरेको बताए । उनले भने ‘प्रधानमन्त्री जी ले एक किसिमको दुई वर्षको आफ्नो कार्यकाल समाप्त भयो भन्ने सम्बन्धमा लामो फेहरिस्त विकास निर्माणको दिनुभयो । त्यसमा इन्डेक्सका कुरा गर्नुभयो इम्प्रेसनका कुरा गर्नुभयो आम जनताचाहिं इम्प्रेसनमा छैनन् । इन्डेक्स कहाँ के के छ हामीलाई थाहा छैन् । र हामी प्रश्नकर्ताले पनि कुनै किसिमको चाहिं जनता इम्प्रेसिभ दुई वर्षको कार्यकालमा भएका छैनन् भन्ने जिज्ञासा राख्यौं उहाँले आफ्नो एउटा दुई वर्ष कार्यकाल समाप्त भएको उपलक्षमा एउटा कर्मकाण्ड पुरा गर्नुभयो ।’

समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले अस्थिर राजनीति भएको देशमा दुई वर्ष सरकार चल्नु नै उपब्धि भएको जस्तो गरी प्रस्तुत भएको बताए । उनले संविधान जारी भएपछि बनेको बलियो सरकारले काम गरेर देखाउने सुविधा र अवसर हुँदा हुँदै पनि केही गर्न नसकेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको प्रगति सुनेर कांग्रेस लगायतका प्रतिपक्षी दलहरु छक्क परेको प्रतिक्रिया दिए । उनले भने ‘कांग्रेसबाट विरोध आएन कांग्रेस चुप्प लागेर सुन्यो र प्रगति सुनेर कांग्रेस आफै छक्क प¥यो किन भने तथ्याङ्क यही हो र जनताको बिचमा पनि यो पुग्छ । हामीले जे काम गरेका छौं त्यो प्रधानमन्त्री ज्यूले राम्रोसित राख्नुभायो र त्यसप्रति कांग्रेसको तर्फबाट प्रश्न आयो विरोध आएन प्रधानमन्त्री ज्यूले त्यसको पनि जवाफ दिनुभयो र ती तथ्याङक मै आधारीत थिए ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले केही ठूला संरचना निर्माणमा स्वभाविकैले समय लाग्ने भएपनि तत्काल गर्न सकिने कामहरु सम्पन्न भएका र सरकारले दुई वर्षमा सामाजिक सुरक्षा लागयतका धेरै राम्रा कामको सुरुवात गरेको बताए । उनले बैंकिङ क्षेत्रको सुधार, रोजगारका कार्यक्रमहरु, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नवराज सिलवालले सरकारले दुईवर्षमा उत्साहजनक काम गरेको बताए । उनले आकांक्षहरु, सपनाहरु, चाहनाहरु धेरै भएको यथार्थ एकातिर भएपनि सरकार अगाडि बढेको दिशाले प्रसस्त आशाहरु र सम्भावनाहरु देखाएको बताए ।

Advertisement

संघीय संरचनापछि सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सरकारले गरेका कामहरुको फेहरिस्त प्रतितिधि सभामा प्रस्तुत गरेका थिए । उनले भ्रस्टाचार न्यूनिकरणमा जोड दिएको र विकासको आधार तयार भइसकेको बताएका थिए । त्यस्तै मुलुकका अधिकांश आर्थिक तथा सामाजिक सूचकहरुमा उल्लेख्य सुधार भएको भन्दै सरकार सफलताको पथमा रहेको बताएका थिए ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top