Nepal Times
Nepal Times
3
Shares

लामो समयपछि ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

लामो समयपछि ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

४ फागुन, काठमाडौँ ।
हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा फेरी एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई देखिने भएको छ । उनीहरुलाई धुर्मुस–सुन्तलीको परिचय दिलाएको ‘मेरी बास्सै’ मा लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति देख्न पाउने भएका हुन् ।

लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै सम्म पुगेका हुन् ।

मेरी बास्सैको सुटिङ सेटमा पुगेका धुर्मुस र सुन्तलीले विगतका दिनहरू सम्झँदै आफ्नो घर आफ्नो परिवारको साथमा फर्किँदा निकै खुसी भएको र आफूलाई विशेष आभास भएको बताउँछन् ।

उनीहरू भावुक हुँदै धुर्मुस सुन्तलीको पहिरन र त्यो घर आँगनले विगतका दिन हरू आँखामा ल्याइदिएको सुनाएका छन् । साथमा चम्सुरी सुन्तली कि आमा र दारी बाले पनि उनीहरू आउँदा निकै खुसी लागेको बताएका छन् । धेरै पछि मेरी बास्सैको सेटमा रौनक थपिएको उनीहरूको भनाइ छ ।

यही फागुन ९ बाट प्रदर्शनमा आउने चलचित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको हो । चलचित्रको मुनाफाबाट आउने ५० प्रतिशत रकम रङ्गशालामा खर्च गरिनेछ । यस चलचित्रले राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाउँछ । चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.