इटहरी, चैत
सुजुकी फोर व्हिलरसले इटहरीमा सिलेरियो एक्स सानो चार चक्के गाडी बजारमा आएको जानकारी दिदै गाडी सार्वजनिक गरेको छ ।
सुजुकी फोर व्हिलरसको इटहरीको आधिकारीक विक्रेता एक्सुल्युट अटोले सुजुकीको सिलेरियो एक्स सानो चार चक्के गाडी बजारमा आएको जानकारी गराएको हो ।
एक्सुल्युट अटोका प्रवन्ध निर्देशक प्रवेश वस्नेतले सुजुकीले बजारमा ल्याएको नयाँ गाडी नेपाली उपभोक्ताहरुका लागि सजिलो र भौगोलिकता अनुसार माटो सुहाँउदो रहेको जानकारी दिए ।