सास्थमका विद्यार्थीसँग मोरङ प्रहरीले गर्याे अन्तरक्रिया

४ फागुन ७६, सोमबार

५ फागुन, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङले समाजमा शान्ति सुरक्षा कायम गर्न खेल्नुपर्ने भुमिकाका बारेमा विराटनगरको सास्थम कलेजका विद्यार्थीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

Advertisement

प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोटरी क्लव अफ विराटनगर सेन्ट्रलको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले कलेजका विद्यार्थीहरुलाई समाजमा द्वन्द्वको अन्त्य गर्दै शान्ति कायम गर्न खेल्नुपर्ने भुमिकाको बारे बताएको थियो ।

Advertisement

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले विश्वमा शान्ति कायम गर्न भएका प्रयासहरु, मानिसको व्यवहारलगायतका विषयहरु समेट्दै रोचक ढंगले विद्यार्थीहरुमाझ आफ्ना भनाईहरु राखेका थिए । समाजमा शान्ति कायम गर्न पहिला आफुलाई चिन्ने र आफुबाट नै यो कुराको सुरु गर्नुपर्ने उनले बताए । उनले द्वन्द्व अन्त्य र शान्ति कायम गर्नका लागि पहिले परिवार, समाजमा हुँदै मध्यस्थ भूमिका निर्वाह गर्नुपर्ने बताए ।

रोटरी क्लव अफ विराटनगर सेन्ट्रलका पदाधिकारी, कलेजका पदाधिकारी, विद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रममा रोटरी क्लव अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष श्रुती शर्माले एसपी अधिकारी र सास्थम कलेजका म्यानेजिङ डायरेक्टर रोशन थापालाई मायाको चिनो प्रदान गरेकी थिईन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top