ब्राउन सुगरसहित सिरहाबाट दुई युवक पक्राउ

५ फागुन ७६, मंगलबार

६ फागुन, सिरहा ।
सिरहाको गोलबजार नगरपालिका ७ पूरानो चहोर्वाबाट दुई जना युवालाई प्रतिबन्धित लागु औषध (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा खटिएको ईलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले सोमबार ब्राउन सुगरसहित दुई जना युवा लाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई युवा गोलबजार नगरपालिका ७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ का २२ वर्षिय प्रवेश महतो रहेका छन् । आफ्नै घरको कोठामा बिक्री वितरणको लागि लुकाइ छिपाई प्लाष्टिकको पोकामा तयार पारिएको सानो सानो पोका ३० थान र एउटा पोका थान १ गरी जम्मा ३ सय ग्राम ब्राउन सुगर, मोवाईल ७ थान, नगद १५ हजार १ सय ७ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एसपी उमाप्रसाद चतुर्बेदीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top