×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन

७ फाल्गुन २०७६

७ फागुन, काठमाडौँ । 

 नेपालमा निरंकुशताविरुद्धमा लोकतन्त्र र मानवअधिकार पक्षमा विभिन्न कालखण्डमा अनेक किसिमका सङ्घर्षहरु भए । वर्तमानसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै अघि बढी देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण जग भने २००७ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलन नै हो ।

Advertisement
Advertisement

तत्कालीन अवस्थामा अहिलेको जस्तो जनतामा चेतना नभएको वास्तविकतामा जनस्तरबाट आन्दोलन उठ्ने कुरा असामान्य भएको पोखरेली वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल बताउँछन् । विसं २००७ सालको जनक्रान्तिमा पोखराको आन्दोलन भने आध्यात्मिकताको बीउ र निहुँमा थालिएको ८१ वर्षीय बरालले जानकारी दिए ।

उनका अनुसार नेपालमा जहानियाँ राणाशासन चलिरहेका अवस्थामा २००७ साल पूर्व पोखरामा प्रेम चैतन्य नामका महात्मा जस्ता जोगी आएका थिए । वेदलगायतका शास्त्रका विज्ञ अल्मोडे गुरु भनेर चिनिने उनीलाई तत्कालीन पोखरा बजारका साहु महाजनले चिसाखोलामा बस्ने व्यवस्था मिलाएका थिए ।

उनको आगमन पोखरामा कसरी र किन भयो भन्नेतर्फ खासै चासो पुग्न नसकेका अवस्थामा उनले समाजमा विस्तारै प्रभाव पारिरहेका थिए । त्यसै क्रममा २००५ सालतिर कतैबाट अर्का ब्रह्मचारी आइपुगे । कानो जोगी भनेर चिनिने उनलाई प्रेम चैतन्यकै सहयोगमा पोखरामा ढुण्डीराज बरालले तपस्या गरेको ठाउँमा बस्ने व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

‘कानो जोगीलाई बस्ने व्यवस्था मिलाउनका लागि प्रेम चैतन्यले पोखराका होमप्रसाद, ऋषिकेशव, पूर्णभद्रलगायतका व्यक्तिसँग सरसल्लाह गरेका थिए’ उनले भने, ‘कानो जोगीलाई दाजु होमप्रसादसँग मैले पनि कहिलेकाहीँ दूध पु¥याउन जाँदा भेटेको थिएँ ।’

प्रेम चैतन्य र कानो जोगीले त्यस समयमा अत्यन्त सूक्ष्म ढङ्गले राणशासन विरोधी गतिविधि बढाएको बताउँदै उनले भने, ‘आध्यात्मिक चेतनालाई आधार बनाएर उनीहरूले विभिन्न रुपमा समाजमा राजनीतिक चेतना फैलाइरहेका थिए ।’

यसै क्रममा २००६ चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगो पनि राणा विरोधी गतिविधि बढाउनका लागि सहयोगी बनेको बूढापाकाको तर्क छ । त्यस समयमा घरवारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धन शमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो ।

पोखरा क्षेत्रमा बढ्दै गएको राणाविरोधी गतिविधिबाट झस्किएको तत्कालीन सत्ताले आगलागीको स्थलगत अध्ययन गर्ने बाहनामा दिव्यशमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको सूक्ष्म अध्ययन गरेको थियो भनिन्छ । त्यसै समयमा पोखरा र आसपासमा राणा रोधी पर्चा छर्न क्रियाशील कानो जोगी कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए ।

पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उनी तनहुँको बन्दीपुरमा पक्राउ परे । उनका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पनि पक्राउमा परेका थिए ।

आन्दोलनले गति लिँदै जाँदा २००७ पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशङ्कर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरिएको थियो । बढ्दो राणाविरोधी जनलहरसँगै पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेका थिए ।

तत्कालीन अवस्थामा आध्यात्मिकतालाई माध्यम बनाएर पोखरामा आन्दोलनको लहर सिर्जना गरेका कानो जोगी २००७ सालको आन्दोलनको सफलतापछि भने सम्पर्कविहीन बनेको बरालको भनाइ छ । विसं २००७ सालको आन्दोलनसँगै त्यस पछिका हरेका संघर्षमा पोखराले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए ।

‘लोकतन्त्र, मानवअधिकारको प्राप्तिका साथै नेपाली जनतामा सचेतना अभिवृद्धिका लागि २००७ सालको आन्दोलन महत्वपूर्ण जग हो’, उनले भने, ‘नेपालका हरेक आन्दोलनको सफलतामा २००७ सालको आन्दोलनको जग छ भन्ने कुरालाई विर्सन हुँदैन ।’

नेपालका हरेका सङ्घर्षमा पोखराको भूमिका महत्वपूर्ण रहेको प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली बताउँछन् । विसं २००७ पछि भने यहाँबाट प्रकाशित हुने गरेका पत्रपत्रिकाले जनस्तरमा सचेतना धेरै बढाएको उनको धारणा छ ।

जनतामा सचेतनाका लागि पत्रपत्रिकाको आवश्यकता हुन्छ भन्ने महसुस गर्दै २०१७ सालमा पोखराबाट हिमदूत पत्रिकाको प्रकाशन शुरु गरिएको उनले जानकारी दिए । त्यसयता पत्रपत्रिका प्रकाशनको क्रमले पोखरामा गति लिएको उनले बताए ।

नेपालमा २००७ सालको आन्दोलनले नेपाली जनताको स्वतन्त्रता एवं स्वाधीनता स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले यसैका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताए । विसं २००७ सालको क्रान्ति र यसका उपलब्धिलाई ओझेलमा पार्न नहुने नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष प्रा डा भूपति ढकाल ‘कमल’ बताउनुहुन्छ । विसं २००७ सालको क्रान्ति र यसका उपलब्धि ओझेलमा पर्नु समग्र नेपाललाई नै ओझेलमा पार्नुभएको उनले बताए।

Advertisement
Advertisement

समाचाजमा सचेतना नभएको तत्कालीन समयमा आध्यात्मिक चेतनाका माध्यमबाट राजनीतिक चेतना दिने गरिएको बताउँदै उनले राणाविरुद्धको आन्दोलनमा शुक्रराज शास्त्रीले सचेतना अभिवृद्धिका लागि आध्यात्मिकतालाई नै माध्यम बनाएको उनको भनाइ छ ।रासस

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top