बाह्र नयाँ विद्यालयका लागि आवेदन

६ चैत ७४, बुधबार

काठमाडौँ, चैत ७
काठमाडौँ महानगरपालिकामा चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि आवेदन परेको छ । कक्षा थपका लागि भने १०० निवेदन परेको छ । त्यसका लागि कामपाले नयाँ शैक्षिक सत्र शुरु हुनुभन्दा तीन महिना पहिले गत पुस मसान्तदेखि माघ समान्तसम्म निवेदन आह्वान गरेको थियो ।

प्रचलित शिक्षा ऐन, नियमावली र निर्देशिकामा रहेर कामपाले नयाँ विद्यालय खोल्न आवश्यक छ कि छैन भन्दै भौतिक संरचना, आवश्यक कागजातसहित स्थलगत अनुगमन गरिरहेको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए ।

नयाँ विद्यालय सञ्चालन गर्नका लागि गुठीअन्तर्गत जानुपर्ने भएकाले सोहीअनुरुप विद्यालय सञ्चालन गर्ने भन्दै निवेदन आएका छन् । विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरी प्रतिवेदन पेश भएपछि सोका आधारमा मात्र दर्ताका लागि अनुमति दिने÷नदिनेबारे स्पष्ट हुन्छ ।

Advertisement

हाल कामपामा १०० सार्वजनिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरुप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top