विराटनगर, चैत ७
लियो क्लब अफ विराटनगर समृद्धिले ओरियन्टेशन कार्यक्रम गरेको छ । सो क्लबले विराटनगर स्थित कोबास कलेजमा मंगलबार ओरियन्टेशन कार्यक्रम गरेको हो ।
ओरियन्टेशन कार्यक्रममा लियो क्लब अफ विराटनगर सम्ृद्धिले क्लब मार्फत गर्दै आएको सामाजिक कार्यहरुका विषयमा सहभागि विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।
ओरियन्टेशन कार्यक्रममा लियो क्लबका विषयमा जानकारि दिनुका साथै क्लब मार्फत गरिने समाजिक कार्य र गतिविधिका विषयमा प्रशिक्षक कैलाश श्रेष्ठले विद्यार्थीलाई जानकारी गराएका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता लियो क्लब अफ विराटनगर समृद्धिका प्रेसिडेन्ट पंकज जैनले गरेका थिए । कार्यक्रममा सो कलेजमा अध्यनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको प्रपोज प्रेसिडेन्ट पप्पु अन्सारीले जानकारी दिए ।