पशुपतिनाथलाई सजाइएका फूल चोरी

१० फागुन, काठमाडौं ।
महाशिवरात्रिलाई विशेष बनाउन पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रमा सजाईएका फुल चोरी भएका छन् । लाखौँ रकम खर्चिएर पशुपति क्षेत्र विकास कोषले गरेको सजावटका लागि लगाएको फूलहरु शुक्रबार राती चोरी भएका हुन् ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

मानिसहरुले दिनभरी फुलको छेउमा उभिएर तस्वीर खिचेका थिए । तर, भोलिपल्टै बिहान सजाइएका फूलहरु गायब थिए । बाँदरबाट जोगाउन चिन्ताको विषय भएपनि यो सजावट मान्छेबाट जागिन सकेनन् । बाँदरबाट जोगिए पनि मानिसबाट फूल नजोगिएकामा पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु चिन्तित छन् ।

Advertisement

‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ ।’

ती फूलहरुबाट पुशपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलैफूलले बनाइएको छ, जसमा आकर्षक ढंगले ‘ओम नमः शिवाय’ लेखिएको छ । शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको छ । ठाउँठाउँमा गमलाहरुमा पनि फूल राखिएको थियो । तर मानिसहरुले भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी भएका छन् ।

Advertisement

यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार बिहानैबाट पशुपतिनाथ क्षेत्र वरपर सरसफाइ थालिएको छ ।

काठमाडौंमा सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top