×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

रवीन्द्र अधिकारीको त्यो अधुरो वाचा…

१५ फाल्गुन २०७६

१५ फागुन, काठमाडौँ ।

‘हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व.रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिए, भोलिपल्ट बिहीबार दिउँसो ४ः०० बजे मन्त्रालयमै भेट्ने कार्यक्रम थियो, तर तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको वाचा अधुरै रह्यो’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले भने । ‘विसं २०७५ फागुन १५ गते उहाँ तेह्रथुम लाग्नुभयो । दिउँसो होटल हिमालयको एक कार्यक्रममा भएको बखत ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भयो भन्ने खबर आयो । शुरुमा त म स्वयम् हेलिकप्टर दुर्घटनामा परेको भन्ने बारम्बार आफन्त सुभेच्छुकको फोन आयो’ उनले भने, ‘किनकी मेरै क्षेत्र भएर पनि होला त्यसरी फोन आएको, सायद मैले जिन्दगीमै पहिलो पटक त्यति धेरै फोन रिसिभ गरेको थिए, दुर्घटनाको वास्तविकता बुझ्न सबै संयन्त्र परिचालन गरे, शुरुमा पत्याउनै गाह्रो भयो तर, होनहार दैवनटार भने झैँ यथार्थलाई नकार्न सकिएन, त्यसलाई स्वीकार्नुबाहेक मसँग अर्को विकल्प थिएन ।’

Advertisement
Advertisement

ठिक एक वर्षअघि आजैका दिन ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री स्व.अधिकारीसहितको दुःखद् निधन भएको प्रथम स्मृतिसभामा आफ्ना सहपाठीको स्मरण गर्दै थिए पर्यटनमन्त्री भट्टराई । मन्त्रालयमा आयोजित स्मृतिसभामा स्व. अधिकारीसँगको व्यक्तिगत सम्बन्ध, राजनीतिक जीवनका तितामीठा अविस्मरणीय सन्दर्भ कोट्याउँदै मन्त्री भट्टराईले उहाँकै स्मरणमा केही शब्द खर्चिए । स्व.अधिकारीसँग पर्यटनमन्त्री भट्टराईको निकै सहकार्य थियो ।

विसं २०४३ देखि सँगै एउटै विद्यार्थी सङ्गठनमा काम गरेको र अधिकारीको मृत्युको क्षणसम्म पनि अनवरत विवादरहित सहकार्य रहेको मन्त्री भट्टराईले सुनाए । आफूले एकजना असल नेता गुमाएको उनले स्मरण गरे । ‘त्यो दिन पनि मलाई सम्झना छ, हामीले भोलिपल्ट दिउँसो ४ः०० बजे मन्त्रालयमा भेट्ने सल्लाह गरेका थियौँ, उहाँ फर्कनुहुन्छ, होला भन्ने प्रतिक्षामा थिएँ म, एक्कासी हेलिकप्टर दुर्घटनाको खबर आयो, धेरै शुभचिन्तकले त्यो हेलिकप्टरमा म पनि छु भन्ने आशङ्काले फोन गर्नुभो, सायद यति धेरै फोन छोटो समयमा कहिल्यै रिसिभ गरेको थिइन, दुर्घटनाको यथार्थ बुझ्दा वास्तविकतामा परिणत भो, त्यो दर्दनाक क्षणलाई सत्यका रुपमा स्वीकार्नुको ममा कुनै विकल्प थिएन ।’

त्यसदिन ताप्लेजुङको मौसम बिग्रिएको थियो । करिब १२ हजार फिट अग्लो स्थानमा रहेकोे पाथीभराको मौसम छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । मान्छेलाई नै उडाउने गरी हावाहुरी चलेको छ । पाथीभरा दर्शनका लागि आएका धेरे तीर्थयात्री बीचबाट फर्किएका थिए । महिनादिनदेखि ने सो क्षेत्र हिउँले ढाकेको थियो । त्यही मौसममा सरकारी कामको सिलसिलामा पर्यटनमन्त्री अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो ।

तेह्रथुमको चुहानडाडाँमा विमानस्थलको अवलोकन तथा अध्ययन गर्न गएको टोलीलाई प्रसिद्ध धार्मिक स्थल पाथीभराको दर्शन गरेर फर्कने चाहना पलायो । हेलिकप्टर त्यसतर्फ मोडियो । हिउँ र कोइरोकाबीच मन्दिर परिसरमा होलिकप्टर अडियो । मन्त्रीसहित सबैले पूजाआजा गरेर फर्कने बेला बेइमानी मौसमको भर थिएन तै पनि झन बिग्रने होकी भनेर हेलिकप्टर उड्ने निर्णय लिएपछि केही क्षणमै हेलिकप्टर दुर्घटना भयो ।

उक्त घटनामा मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र पाइलट प्रभाकर केसीको निधन भएको थियो । घटना दिउँसो करिब १ः२० बजे भएको थियो उद्धारका लागि काठमाडौँबाट गएको सेनाको हेलिकप्टर अपराह्न ४ः३० बजे सुकेटार विमानस्थल पुगेको थियो । उद्धार टोलीलगत्तै घटनास्थल पुगेर शव सङ्कलन गरेका थिए । अनकन्टार भौगोलिक अवस्था दुर्घटनामा परेकाको उद्धार गर्न असाध्यै कठिन थियो । दुर्घटनाको करिब २४ घण्टापछि सबै शव निकालिएको थियो ।

उक्त दुर्घटनाले नेपालमा राम्रो राजनीतिक सम्भावना बोकेका संसदीय अभ्यासका साथै विकास र प्रशासनमा समेत दखल भएका व्यक्ति स्व। मन्त्री तथा पर्यटन क्षेत्रका अग्रज व्यक्ति शेर्पा र कुशल प्रशासकसहितलाई गुमाएको दर्दनाक क्षण भएको मन्त्री भट्टराईले उल्लेख गरे । उनले भने, ‘मेरो घनिष्ट मित्रलाई दुःखद् क्षणमा सम्झनुपर्दा हामी एकअर्काको कमीकमजोरीबारे जानकारी दियौँ, राजनीतिक जीवनका हरेक मोड र अप्ठ्यारामा अनेकन आरोहअवरोह पार गरेर हामी नजिकै थियौँ ।’

स्व.अधिकारीको जन्म विसं २०२६ कास्कीको मदनपोखरामा भएको थियो । सानैदेखि तेज विद्यार्थीका रुपमा परिचित अधिकारीले विद्यार्थीको अगुवाका रुपमा काम गरे । उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भए । पछि अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुगे । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य, संसदको विकास समितिको सभापतिको भूमिका निर्वाह गर्नुभएका अधिकारीले संविधान निर्माणका क्रममा देखिएका असहमतिका विषयको किनारामा समेत महत्वपूर्ण भूमिका खेले ।

पर्यटनमन्त्री भट्टराईले दिवङ्गत भएकाको आत्माको चिरशान्तिको कामना गर्र्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे । ‘आज एक वर्षअघिको त्यो क्षण सम्झँदा हामी निकै भावुक छौँ, मन्त्रालयको जिम्मेवारी निर्वाह गरेको होनहार व्यक्ति र पर्यटन क्षेत्रका अगुवा एवं प्रशासक गुमाएको अविस्मरणीय दिन उहाँहरुको सम्झनामा श्रद्धासुमनका केही शब्द अर्पणका लागि हामी भेला भएका छौँ, उहाँहरुले देखाएको बाटो र सद्कार्यको अधुरो यात्रालाई पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लाग्नसके मात्रै सच्चा श्रद्धाञ्जलि हुनेछ’, पर्यटनमन्त्री भट्टराईले भने ।

अधिकारीको स्मृतिमा पुरस्कार घोषणा
स्व.पर्यटनमन्त्रीले पर्यटन क्षेत्रमा गरेको योगदानको स्मरणस्वरुप पर्यटन क्षेत्रमा योगदान गर्नेलाई प्रदान गर्नेगरी ‘रवीन्द्र अधिकारी स्मृति पर्यटन पुरस्कार घोषणा गरिएको छ । पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष फागुन १५ गते उक्त पुरस्कार प्रदान गरिने बताए ।

उक्त पुरस्कारका लागि आवश्यक मापदण्ड बनाएर छिट्टै सार्वजनिक गरिने उनको भनाइ थियो । यो वर्षको पुरस्कार स्व अधिकारीको जन्मदिन वैशाख २२ गतेका दिन वितरण गरिनेछ । अन्य स्व.व्यक्तिको स्मरणम विभिन्न गतिविधि सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

Advertisement

-सिबी अधिकारी/ रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top