×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026
Playing
राष्ट्रपति, प्रधानमन्त्रीसहित पदाधिकारीको सम्पत्ति छानविन सुरु, आयोगले माग्यो सम्पत्ति विवरण
May 14, 2026
Playing
भारतले ४ महिनाका लागि चिनी निर्यात रोक्यो, किन गर्याे यस्तो निर्णय ? || Nepal Times
May 14, 2026
Playing
Top 15 Afternoon News || May-14-2026 || Nepal Times
May 14, 2026
Playing
Trumpलाई सीको सल्लाह, प्रतिद्वन्द्वी होइन, साझेदार बनौं || Nepal Times
May 14, 2026

सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

१६ फाल्गुन २०७६

१६ फागुन, अङ्कारा ।
सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् ।

टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिए । सिरियाको इड्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो ।

Advertisement
Advertisement

इड्लिबमा केही हप्तादेखि टर्की समर्थित लडाकू र मस्को समर्थित सिरियाली सेनाबीच जारी भिषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले तत्कालै हस्तक्षेप नगरिए इड्लिबमा अझ बढी जनधनको क्षति हुन सक्ने बताए । महासचिव गुटेरेसले तत्काल युद्धबिराम गर्न आग्रह पनि गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले आफूहरु नेटोको सदस्य राष्ट्र टर्कीको पक्षमा रहेको बताउँदै सिरियाली सेना, रसिया र इरान समर्थित लडाकूलाई इड्लिबमा जारी कारबाही रोक्न आग्रह गरेका छन् । नेटो प्रमुख जेन्स स्टोलटेन्बर्गका प्रवक्ताले पनि हिंसात्मक कारबाही तत्काल रोक्न र शान्तिको वातावरण बनाउन आग्रह गरेका छन् ।

टर्कीले इड्लिबमा रहेका आफ्ना सैनिक निरीक्षण पोस्टबाट सेना फिर्ता गर्न सिरियाली सरकारलाई आग्रह गरेको छ । तर रसियाले सिरियाभित्रका आतंकवादीलाई टर्कीले सहयोग गरिरहेको आरोप लगाएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा ठूलो संख्यामा आफ्ना सेना मारिएलगत्तै आपतकालीन बैठक डाक्नु भएको थियो । राष्ट्रपतिका प्रेस सल्लाहकार फाहरेटिन आल्तुनले टर्कीको सेनाले पनि प्रतिरक्षात्मक कारबाही गरेको बताए ।

Advertisement
Advertisement

यसै महिनाभित्र टर्कीका सेनालाई लक्षित गरी भएका आक्रमणबाट ५३ जना टर्केली सेनाको मृत्यु भइसकेको छ । इड्लिब संकटका बारेमा टर्कीले कूटनीतिक सक्रियतालाई तिब्र पारेको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई टेलिफोन गरी पछिल्लो परिस्थितिका बारेमा अवगत गराएका छन् ।रासस / एएफपी

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top